पानी प्रशोधन प्रणाली सुदृढ गर्न सरकारसँग माग | Khabarhub Khabarhub

पानी प्रशोधन प्रणाली सुदृढ गर्न सरकारसँग माग


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले सहरहरूमा पानी प्रशोधन प्रणाली सुदृढ गर्नका लागि ठोस पहल गर्न सरकारसँग माग गरेकी छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा उनले ललितपुरमा खानेपानीका जारहरूमा फिकल कोलिफर्म भेटिएको भन्दै पानी प्रशोधन प्रणाली सुदृढ गर्नका लागि ठोस पहल गर्न सरकारसँग माग गरेकी हुन् ।  

‘सहरहरूमा पानी प्रशोधन प्रणाली सुदृढ पार्न ठोस पहल होस् र सुरक्षित खानेपानीबारे व्यापक जनचेतना अभियान तत्काल सञ्चालन होस्,’ सांसद गौतमले भनिन्, ‘यो केवल स्वास्थ्यको विषयमात्र होइन, यो राज्यले नागरिकको सुरक्षित पानी पिउने अधिकारको रक्षा गर्ने संवैधानिक दायित्व पनि हो ।’

उनले ललितपुरको गोदावरीमा ललितपुर स्वास्थ्य कार्यालयले गरेको परीक्षणमा ६० प्रतिशत जारको पानीमा फिकल कोलिफर्म भेटिएको तथ्यले पिउने पानीमा ढलजन्य पदार्थको मात्रा भएको प्रमाणित भएको बताइन् । 

‘सुरक्षित मानेर पिएको पानी नै रोगको स्रोत बनेको छ । अहिलेको अवस्थामा अस्पतालहरूमा झाडापखाला, भाइरल हेपाटाइटिस र टाइफाइडका बिरामी तीब्र रुपमा बढेका छन्,’ गौतमले भनिन्, ‘गतवर्ष यस्तै प्रदुषणका कारण हैजा फैलिएको थियो । मनसुन सुरु भइसकेकाले महामारीको खतरा अझ बढेको छ ।’

गौतमले जारको पानी आपूतिकर्ताको कडाइका साथ नियमित निरीक्षण हुनुपर्ने पनि माग गरिन्।

 ‘म सरकारसँग तत्काल प्रभावकारी कदम चाल्न आग्रह गर्दछु— सबै जारको पानी आपूतिकर्ताको कडाइका साथ नियमित निरीक्षण होस्,’ उनले भनिन्, ‘परीक्षणको नतिजा पारदर्शी रूपमा सार्वजनिक होस् ।’

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  ३ : १० बजे

दुर्गा प्रसाईंलाई २५ लाख धरौटीमा रिहा गर्न आदेश, यस्ता छन् कारण

काठमाडौं- उच्च अदालत पाटनले व्यवसायी एवम् राजावादी अभियन्ता दुर्गा प्रसाईंलाई

आजका समाचार : तत्काललाई टर्‍यो माओवादीको संकट, जनार्दनलाई कारबाही भएन, बहुविवाहसम्बन्धी प्रस्तावले तात्यो संसद्, कक्षा १२ को नतिजामा सुधार

तुर्कमेनिस्तान पुगे प्रधानमन्त्री ओलीप्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू

भिजिट भिसा प्रकरणदेखि ‘बहुविवाह’सम्म गरमागरम बहस

काठमाडौं– सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सत्तापक्ष र प्रतिपक्ष सांसदहरूले गृहमन्त्री

कागतीमा खटिरे र ढुसीजन्य समस्या

चितवन– जिल्लामा लगाइएका कागती खेतीमा क्याङ्कर (खटिरे)र ढुसीजन्य रोगको समस्या

भीमादमा व्यावसायिक अकबरे खुर्सानीखेती

तनहुँ– मुख्यमन्त्री जलवायुमैत्री नमूना कृषि गाउँ कार्यक्रमअन्तर्गत भीमाद नगरपालिका–९ मा