कांग्रेससँग इतिहास मात्र होइन भविष्य हाँक्ने क्षमता पनि छ : नेता सिंह « Khabarhub

कांग्रेससँग इतिहास मात्र होइन भविष्य हाँक्ने क्षमता पनि छ : नेता सिंह


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कास्की – नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले कांग्रेससँग गौरवपूर्ण इतिहाससँगै देशलाई आर्थिक, सामाजिक रूपमा अघि बढाउन सक्ने क्षमता रहेको बताएका छन् ।

 नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले पोखरामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । 
उनले अबको कार्यभार आर्थिक समृद्धि रहेको भन्दै त्यसका लागि सुदृढ कांग्रेस बनाउनुपर्नेमा जोड दिए । 

पार्टीलाई संस्थागत रूपमा चलाउनुपर्नेमा आफूले जोड दिँदै आएको भन्दै उनले पार्टी नेतृत्व र कार्यकर्ताले आफ्नो ऊर्जा संगठन सुदृढ बनाउनका लागि लगाउन आग्रह गरे। नेता सिंहले पार्टीमा लागेर पार्टीबाट लिने भन्दा देश र समाजका लागि योगदान गर्ने व्यक्तिहरूलाई नेतृत्वमा ल्याउनुपर्ने पनि बताए। 

‘राजनीतिक नेतृत्व मात्र होइन आउने दिनमा आर्थिक क्रान्तिको नेतृत्व पनि कांग्रेसले गर्नुपर्नेछ’ , उनले भने।  कार्यवाहक प्रधानमन्त्री समेत रहेका सिंहले अहिलेको गठबन्धन  परिस्थितिको उपज रहेको बताए।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  ३ : १३ बजे

सबैजसो पुराना नेता तानिन सक्छन् अनुसन्धानमा, दलहरूमा निम्तिन सक्छ गम्भीर संकट

काठमाडौं– वालेन्द्र शाह ‘बालेन’ नेतृत्वमा सरकार बनेको भोलिपल्टबाटै पुराना दलका

राजनीति जनताको सेवा गर्ने औजार हो : मन्त्री तिमिल्सिना

चितवन– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले राजनीति जनताको सेवा

आफैं गाडी चलाएर बन्द सत्रस्थलमा पुगे बालेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता एवम् प्रधानमन्त्री बालेन

एमालेले भन्यो : उपाध्यक्ष पौडेललाई गैरकानुनी, गैरन्यायिक र प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरियो

काठमाडौं– नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानुनी, गैर न्यायिक

बालेनलाई करोडौँको गाडी दिएका मालपानी र चुन्नप्रसादको बयानबाट समातिए विष्णु पौडेल !

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वउप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल