विपिन जोशीको रिहाइको लागि थप कूटनीतिक पहल गर्न सरकारसँग माओवादीको आग्रह | Khabarhub Khabarhub

विपिन जोशीको रिहाइको लागि थप कूटनीतिक पहल गर्न सरकारसँग माओवादीको आग्रह


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले इजरायलमा हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि थप कूटनीतिक पहल बढाउन सरकारसँग आग्रह गरेको छ । 

चार दिनसम्म चलेको स्थायी समिति बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्दै माओवादी केन्द्रले अध्ययनका क्रममा इजरायल गएका विपिनलाई हमास समूहको नियन्त्रणबाट मुक्त गर्नका लागि थप कूटनीतिक पहल बढाउन सरकारसँग आग्रह गरेको हो ।

‘हमास समूहले कब्जामा लिएका विपिन जोशीको रिहाई एवम् मध्यपूर्व लगायतका ठाउँमा रहेका लाखौं नेपालिहरूको सुरक्षाका लागि थप कूटनीतिक पहल बढाउन सरकारको गम्भीर ध्यानाकर्षण गर्दछ,’ बैठकले गरेको निर्णयमा भनिएको छ । 

साउन १६ देखि सुरू भएको माओवादी केन्द्रको स्थायी समिति बैठक सोमबार २६ बुँदे समसामयिक राजनीतिक प्रस्ताव पारित गर्दै सोमबार सम्पन्न भएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  ४ : ०३ बजे

महाकालीमा पानीको प्रवाह घट्यो

कञ्चनपुर – महाकाली नदीमा पानीको प्रवाह घटेपछि शारदा ब्यारेजमा सवारीसाधन

बाढीले पुल भासिँदा आवतजावत ठप्प

सिरहा – सिरहाको मिर्चैया नगरपालिका–२ मल्हनियाँ पिराडी र वडा नं

भारतद्वारा सोमालियालाई मानवीय सहायता प्रदान

काठमाडौं- भारतले अफ्रिकी मुलुक सोमालियालाई मानवीय सहायता प्रदान गरेको छ

अस्ट्रेलिया भ्रमणका लागि नेपाली क्रिकेट टोली घोषणा

काठमाडौं – टप एन्ड टी–२० सिरिज खेल्ने नेपाली राष्ट्रिय क्रिकेट

मन्त्री खड्काले भने : कोदो उत्पादनमा सरकारले ध्यान केन्द्रित गर्नुपर्छ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले कोदो उत्पादनमा