धार्मिक पर्यटन मधेस प्रदेशको समृद्धिको आधार हो : मुख्यमन्त्री सिंह « Khabarhub

धार्मिक पर्यटन मधेस प्रदेशको समृद्धिको आधार हो : मुख्यमन्त्री सिंह


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले धार्मिक पर्यटन मधेसको समृद्धिको मुख्य आधार भएको बताएका छन् । आज साउने सोमबारको अवसरमा महोत्तरीको बर्दिवास–५ टुटेश्वरस्थित टुटेश्वरनाथ महादेवको दर्शनपछि मुख्यमन्त्री सिंहले धार्मिक पर्यटन मधेसको कृषिपछिको आर्थिक समृद्धिको मुख्य आधार बन्ने उल्लेख गरे ।

‘मधेसका कोशीदेखि ठोरीसम्म प्रसिद्ध धार्मिकस्थल छन्, हामीले यहाँ पर्यटन प्रवर्द्धन केन्द्रित पूर्वाधार निर्माण र सम्पदाको संरक्षण गर्न पर्दछ’, सिंहले भने, ‘मधेस प्रदेश सरकार यिनको विकास र सम्वर्द्धनप्रति प्रतिबद्ध छ ।’ महोत्तरीका टुटेश्वरनाथ, पञ्चधुरा माईस्थान र राइमण्डलधाम क्षेत्रमा प्रदेश सरकारको चासो यसबीचमा थालिएका कामबाट देखिने उनले बताए।

महोत्तरीका टुटेश्वरनाथ, पञ्चधुरा माईस्थान र राइमण्डलधाम सघन वनक्षेत्रभित्र चुरे पर्वत श्रेणीका काखमा भएका हुँदा भौगोलिक र प्राकृतिक रूपले रमणीय ठाउँ भएको मुख्यमन्त्री सिंहको भनाइ छ । प्रदेश सरकारले आफ्नो भूगोल क्षेत्रका पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि स्थानीय सरकारसँग हातेमालो गरेर अघि बढ्ने प्रतिबद्धता जनाए ।

आज टुटेश्वरनाथ र पञ्चधुरा माईस्थानको दर्शनपछि मुख्यमन्त्री सिंहले  त्यहाँ थालिएका पूर्वाधार निर्माणका कामको अवलोकन गरे । त्यस अवसरमा बर्दिवास नगरपालिकाका जनप्रतिनिधि, नगरको संस्कृति तथा  पर्यटन प्रवर्द्धन समिति र नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घका पदाधिकारीले पर्यटन प्रवर्द्धनका क्षेत्रमा गरिन पर्ने कामबारे मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
 

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  ४ : ५४ बजे

सरकारले गर्यो सार्वजनिक सवारीसाधनको दर्ता आंशिक खुला

काठमाडौं– सरकारले सार्वजनिक सवारीसाधनको दर्ता आंशिक रुपमा खुला गरेको छ

रास्वपा महाधिवेशन : प्रत्येक प्रदेशबाट ५–५ जना निर्वाचित हुने व्यवस्था

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा प्रत्येक प्रदेशबाट

नाइजेरियामा भएको आक्रमणमा २० जनाको मृत्यु

नाइजेरिया– नाइजेरियाको मध्य पठार राज्यमा अज्ञात सशस्त्र समूहले गरेको आक्रमणमा

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको

रास्वपा महाधिवेशनमा प्रतिनिधि शुल्क नलिने निर्णय, बुझाएको रकम फिर्ता लिन सकिने

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले