नेप्से परिसूचकमा दोहोरो अंकको सुधार « Khabarhub

नेप्से परिसूचकमा दोहोरो अंकको सुधार


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार देखिएको छ । नेप्से परिसूचक आज १६ दशमलव ४६ अंकले बढेर दुई हजार ८७५ दशमलव ३६ को बिन्दुमा कायम भएको हो । यो शून्य दशमलव ५७ प्रतिशतको सुधार हो ।

आज ३२५ कम्पनीको दुई करोड ७१ लाख ६९ हजार ७५५ कित्ता शेयर एक लाख ४९ हजार २७४ पटक खरिदबिक्री हुँदा १० अर्ब ८२ करोड २४ लाख ४९ हजार ४०२ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा बैंकिङ एक दशमलव ६६, जलविद्युत् शून्य दशमलव २५, लगानी शून्य दशमलव ११, जीवन बिमा शून्य दशमलव ५०, लघुवित्त  शून्य दशमलव ५०, म्युचुअल फन्ड शून्य दशमलव ०८ र व्यापार दुई दशमलव ८९ प्रतिशतले बढेको छ । विकास बैंक शून्य दशमलव ०६, वित्त शून्य दशमलव ८२, होटल तथा पर्यटन शून्य दशमलव ३४, उत्पादन तथा प्रशोधन शून्य दशमलव १२, निर्जीवन बिमा शून्य दशमलव ५१ र अन्य समूह शून्य दशमलव ४५ प्रतिशतले घटेको छ ।    

थ्रिस्टार हाइड्रोपावर लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै ६ दशमलव ८९ प्रतिशतले बढेको छ । ट्रेड टावर लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।
 

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  ५ : ३४ बजे

पुराना प्रतिबद्धताको हिसाब माग्दै सिरहाका मतदाता

सिरहा– आगामी प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै जाँदा सिरहाका गाउँबस्तीमा चुनावी रौनक

जाडो छल्न आएका चरा फर्किन थाले

चितवन– जाडो छल्न हिमालपारिबाट आएका चरा फर्किन थालेका छन् ।

युद्धमा होमिए पाकिस्तान-अफगानिस्तान : १२७ जना मारिए 

इस्लामाबाद– दुई छिमेकी पाकिस्तान र अफगानिस्तान युद्धतिर होमिएका छन् । बिहीबार

मतदाता आकर्षित गर्न आ–आफ्नै ‘एजेन्डा’

काठमाडौं– यसअघिका संसदीय निर्वाचनमा सिट सङ्ख्याका आधारमा निर्णायक भूमिकामा नरहेका

पहाडी वनको ‘मदना चाँचर’ शुक्लाफाँटामा

कञ्चनपुर– जैविक विविधताले भरिपूर्ण शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पहिलोपटक ‘मदना चाँचर’