गाजाका युद्ध रोक्न इजरायलका पूर्व अधिकारीले लेखे ट्रम्पलाई पत्र | Khabarhub Khabarhub

गाजाका युद्ध रोक्न इजरायलका पूर्व अधिकारीले लेखे ट्रम्पलाई पत्र


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

इजरायल – गुप्तचर निकायका पूर्वप्रमुखसहित गाजामा छ सय जना अवकाश प्राप्त सुरक्षा अधिकारीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पत्र लेखेका छन्। उनीहरुको पत्रमा गाजा युद्ध अन्त्य गर्न दबाब दिनुपर्ने उल्लेख छ।

आफ्नो पेसागत ज्ञानको आधारमा हमास अब इजरायलका लागि चुनौती नभएको ठहर गर्दै उनीहरुले ट्रम्पलाई पत्र लेखेको उल्लेख गरेका छन्।

पत्रमा इजरायली सरकारलाई सही बाटोमा लैजाने क्षमता ट्रम्पसँग भएको उल्लेख गरिएको छ। यो युद्ध अन्त्य अपरिहार्य भएको उनीहरुको निष्कर्ष छ।

हमाससँग युद्ध विरामको लागि भएको अप्रत्यक्ष वार्ता स्थगित भएपछि बेन्जामिन नेतान्याहुले गाजाका आक्रमण बढाउने धारणा सार्वजनिक गरेपछि पूर्व अधिकारीले ट्रम्पलाई पत्र लेखेका हुन्।

७ अक्टोबर २०२३ का दिन हमासले इजरायलमा आक्रमण गर्दै २५१ जनालाई बन्दी बनाउनुका साथै १२ सय जना भन्दा बढीको ज्यान लिएपछि इजरायलले गाजामा आक्रमण सुरु गरेको हो। त्यसयता भएको आक्रमणमा ६० हजार भन्दा बढीको ज्यान गइसकेको छ। सोमबार मात्र इजरायली आक्रमणमा ९० जना भन्दा बढीको ज्यान गएको छ।

अहिले कुपोषणका कारण समेत गाजामा हरेक दिन धेरै जनाले ज्यान गुमाइ रहेका छन्।

खानेकुराका लागि याचना गर्दै गाजाबासी । तस्बिरः बिबिसी

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ६ : २० बजे

हेर्नुहोस् पूर्व-पश्चिम रेलमार्गको अवस्था (तस्बिरहरू)

काठमाडौं– सरकारले ल्याएको महत्वाकांक्षी परियोजना पूर्व-पश्चिम रेलमार्गको प्रगति निकै सुस्त

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा १९ सय रुपैयाँले

ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

उदयपुर– उदयपुरगढी गाउँपालिका–७ मदन भण्डारी मार्गस्थित जोगीपोखरीमा ट्रक दुर्घटना हुँदा

वर्षायाममा हुने छालाको सङ्क्रमण र बच्ने उपाय

काठमाडौं – अहिले हामी वर्षायामको मध्य समयमा छौं । देशका

रचना, गायन र सङ्गीतका त्रिवेणी– भीम बीसी (भिडियो)

काठमाडौं– भीम बीसी नेपाली सङ्गीत क्षेत्रका अब्बल प्रतिभा हुन् ।