प्रतिवादमा उत्रिँदै भारतले भन्यो- 'रूसबाट हामीले भन्दा धेरै सामान अमेरिका र युरोपले किनिरहेका छन्'  | Khabarhub Khabarhub

प्रतिवादमा उत्रिँदै भारतले भन्यो- ‘रूसबाट हामीले भन्दा धेरै सामान अमेरिका र युरोपले किनिरहेका छन्’ 


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


921
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारत सरकारले रूसबाट तेल आयातको विषयमा अमेरिकासहित पश्चिमी राष्ट्रहरूको आलोचना अस्वीकार गर्दै कडा प्रतिक्रिया दिएको छ ।

भारतीय विदेश मन्त्रालयले सोमबार सार्वजनिक गरेको वक्तव्यमा संयुक्त राज्य अमेरिका र युरोपेली संघद्वारा भारतप्रति गरिएको निशानालाई ‘अनुचित र अविवेकपूर्ण’ भन्दै निन्दा  गरेको छ ।

वक्तव्यमा भनिएको छ, ‘भारतले रूसबाट तेल आयात युक्रेन द्वन्द्वपछि मात्रै सुरु गरेको हो, त्यो पनि परम्परागत आपूर्तिहरू युरोपतिर मोडिएपछि। त्यतिबेला त संयुक्त राज्य अमेरिका स्वयंले भारतलाई यस्तो आयात गर्न प्रोत्साहित गरेको थियो, ताकि विश्व ऊर्जा बजारमा स्थायित्व रहोस् ।’

भारतले आफ्नो तेल आयातलाई भारतीय उपभोक्ताका लागि पूर्वानुमान गर्न मिल्ने र सुलभ मूल्य सुनिश्चित गर्ने उपायको रूपमा देखाएको छ । वक्तव्यमा भनिएको छ, ‘भारतको यस्तो आयात आवश्यकताले प्रेरित भएको हो । तर भारतबारे आलोचना गर्ने थुप्रै मुलुकहरू आफैँ रूससँग व्यापार गरिरहेका छन् । ती मुलुकहरूको रूससँगको व्यापार कुनै पनि राष्ट्रिय अनिवार्यताको कारण भएको छैन।’

भारतको तुलनामा युरोपेली संघले सन् २०२४ मा रूससँग ६७.५ अर्ब युरोको वस्तु व्यापार गरेको तथा २०२३ मा १७.२ अर्ब युरो बराबरको सेवा व्यापार गरेको विदेश मन्त्रालयले उल्लेख गरेको छ । यो भारतको कुल व्यापारभन्दा धेरै भएको तथ्य पनि वक्तव्यमा प्रस्तुत गरिएको छ।

युरोपले सन् २०२४ मा रूसबाट १६.५ मिलियन टन एलएनजी आयात गरेको पनि वक्तव्यमा उल्लेख गरिएको छ, जुन सन् २०२२ को कीर्तिमानभन्दा पनि बढी हो।

त्यस्तै, युरोप–रूस व्यापारमा ऊर्जा मात्र नभई मल, खानीजन्य पदार्थ, रसायन, फलाम र स्टिल तथा मेसिनरी र यातायात उपकरणहरू पनि समावेश भएको भारतले जनाएको छ ।

संयुक्त राज्य अमेरिका स्वयम्‌ले पनि आफ्ना आणविक उद्योगका लागि युरेनियम हेक्साफ्लोराइड, विद्युतीय सवारी साधनका लागि प्यालाडियम, मल र रसायनहरू रूसबाट आयात गरिरहेको भारतले स्मरण गराएको छ ।

वक्तव्यको अन्त्यमा भनिएको छ, ‘यस सन्दर्भमा भारतमाथिको निशाना अनुचित र अविवेकपूर्ण छ । कुनै ठूलो अर्थतन्त्रझैँ भारतले पनि आफ्नो राष्ट्रिय हित र आर्थिक सुरक्षाको संरक्षणका लागि आवश्यक सबै कदमहरू चाल्नेछ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ८ : ०७ बजे

छ दिनदेखि बेपत्ता दाजु-बहिनी मृत भेटिए

पाँचथर– छ दिनदेखि बेपत्ता रहेका यहाँको याङवरक गाउँपालिका–१ बिरुवाका नाबालक

बढीपहिरोको जोखिम बढेपछि कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए बैठक, हाइअलर्टमा बस्न निर्देशन

काठमाडौं– कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले मनसुनजन्य विपद् जोखिम बढेपछि सरकारका

भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो राष्ट्रसङ्घीय सम्मेलन सुरु, प्रधानमन्त्री ओलीको सम्बोधन आजै

आवाजा– भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलन तुर्कमेनिस्तानको आवाजामा

हिउँदयाम सुरु भएको खुसीयालीमा मुक्तिक्षेत्रमा ‘यार्तुङ’ आरम्भ

मुस्ताङ– वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा सांस्कृतिक पर्व ‘यार्तुङ’ आरम्भ भएको छ

संसदीय समितिको निष्कर्ष : ‘कुलिङ पिरियड’ छेडखानीमा सभापति खतिवडा र सचिव दुरा जिम्मेवार

काठमाडौं– संघीय निजामती सेवा विधेयक, २०८० मा गरिएको ‘कुलिङ पिरियड’