पूर्व राष्ट्रपतिलाई नजरबन्दको निर्णयपछि ब्राजिलमा अशान्ति « Khabarhub

पूर्व राष्ट्रपतिलाई नजरबन्दको निर्णयपछि ब्राजिलमा अशान्ति


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ब्राजिलको सर्वोच्च अदालतले दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति जैर बाल्सेनारोलाई घरमा नै नजरबन्द गर्न निर्देशन गरेको छ।

सेनाको दुरुपयोग गरेको अभियोगको उनले सामना गरिरहेका छन्। अभियोगको फैसला गर्ने क्रममा न्यायाधीश अलेजान्द्रे डे मोराएसले यस अघि गरेको आदेशको पालना नगरेपछि बोल्सेननारोको बारे यो निर्णय गरिएको बताए।

बोल्सेनारोको कानुनी टिमले यो आरोपलाई अस्वीकार गर्दै कुनै कुराको उल्लङ्घन नगरेको बताए।

अमेरिकी विदेश विभागले सामाजिक सञ्जालमा लेख्दै अदालती निर्णयको आलोचना गरेको छ। मोराएसले बोलसेनारो र उनको छोराले न्यायालयको विरुद्धमा सामाजिक सञ्जाल नै प्रयोग गरेको बताए।

बोल्सेनरोको विरुद्धमा यसरी मुद्दा चलिरहेको समयमा आइतबार ब्राजिलको विभिन्न सहरमा बोल्सेनारोको पक्षमा नारा लगाइनुका साथै प्रदर्शन पनि भएको थियो।

मोराएसले यसअघि बोल्सेनारोमाथि कानुनी अनुमति बिना भ्रमण गर्न तथा तेस्रो पार्टीसँग फोनमा कुरा गर्न पनि प्रतिबन्ध लगाइएको थियो। यो प्रतिबन्धलाई पनि अस्वीकार गरेको आरोप लगाइएको छ।

मोराएसले बोल्सेनारोको विरुद्धका कठोर निर्णय गर्दा अमेरिकी राष्ट्रपति ट्रम्प भने बोल्सेनारोको पक्षमा उभिएका छन्। गत महिना ट्रम्पले सामाजिक सञ्जालमा बोल्सेनारोको पक्षमा आफूलाई उभ्याएका थिए।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ९ : ३५ बजे

भोटेकोशी बाढीः ११ हजार ९९३ जनाको उद्धार

काठमाडौँ – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बुधबार साँझसम्म ११

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल भदौ १८ गते बिहीबार सन् २०२६

आज २०८३ साल भदौ १८ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १८ गते बिहीबार सन् २०२६

कृष्णभीर अवरुद्ध भएपछि हेटौँडा–काठमाडाैं मार्गमा सवारी चाप

हेटौँडा – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि वैकल्पिक