राप्ती नदीमा जलसतह बढ्यो, तटीय क्षेत्रमा सतर्क रहन आग्रह | Khabarhub Khabarhub

राप्ती नदीमा जलसतह बढ्यो, तटीय क्षेत्रमा सतर्क रहन आग्रह


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बाँके– बाँकेका केही स्थानीय तहले राप्ती नदीमा पानीको सतहले चेतावनी तह पार गरेपछि साइरन बजाएर तटीय क्षेत्रका गाउँबस्तीलाई सतर्क रहन आग्रह गरेका छन् ।

राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाले जिल्लाका तटीय क्षेत्रका गाउँबस्तीलाई सतर्क साइरन बजाएको जिल्ला विपद् व्यवस्थापन समितिका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए ।

उनले भने, ‘अविरल वर्षाका कारण राप्ती नदीमा पानीको सतहले चेतावनी तह पार गरेपछि बाँकेका तटीय क्षेत्रका गाउँबस्तीलाई सतर्क रहन सूचना जारी गरिएको छ ।’

जिल्लास्थित पश्चिम राप्ती नदी राप्ती सोनारी जलमापन केन्द्रको जलसतहले चेतावनी तह पार गरेकाले तटीय क्षेत्र र डुबान भइरहने क्षेत्रका बासिन्दालाई दिउँसोसम्म सतर्क रहन सूचना जारी गरिएको सूचना अधिकृत ज्ञवालीले बताए ।

पश्चिम राप्ती नदी राप्ती सोनारी जलमापन केन्द्रका अनुसार अहिले त्यहाँ राप्ती नदीले चेतावनी तह चार मिटर ७० सेन्टिमिटर पार गरेर चार मिटर ८६ सेन्टिमिटर पुगेकाले जोखिम हुनसक्ने सबै ठाउँमा स्थानीयलाई ‘अलर्ट’ गरेर स्थानीय विपद् व्यवस्थापन समितिलाई समेत तयारी अवस्थामा रहन निर्देशन दिइएको उनको भनाइ छ ।

सूचना अधिकृत ज्ञवालीले पानीको सतह बढेपछि नदीको वरिपरिका सबै गाउँबस्तीमा सतर्क रहने सूचना पठाइएको बताए । बाँकेको कुसुम क्षेत्रमा राप्ती नदीको बाढी मापन केन्द्रमा पनि जलसतह सतर्कताको विन्दु नजिक पुग्न लागेको जानकारी त्यहाँको जलमापन केन्द्रले गराएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

कुसुम जलमापन केन्द्रमा ६ मिटर पार गरिसकेपछि चेतावनी दिने भएकाले अहिले त्यहाँ पानीको सतह पाँच मिटर ७४ सेन्टिमिटर पुगेकाले चेतावनी तह पार गरेपछि सबै क्षेत्रमा ‘अलर्ट’ जारी गरिने सूचना व्यवस्थापन अधिकृत ज्ञवालीले बताए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले राप्ती नदीमा खतराको तह पार नगरे पनि आसपासका क्षेत्रमा सतर्क रहन आग्रह गरिएको उल्लेख गर्दै राप्ती नदी आसपासमा क्षति हुन नदिन सुरक्षा निकायको टोली परिचालन भएको बताए । (रासस)

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ११ : ३५ बजे

औषधिमा २५० प्रतिशतसम्म भन्सार शुल्क लगाउने ट्रम्पको संकेत

एजेन्सी – संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आयातित औषधिजन्य

पानीपुरी र चटपटेका ठेला खोज्दै काठमाडौँ महानगर, बिक्री अनुगमन गर्ने

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले पानीजन्य रोगबाट नागरिकलाई बचाउन पानीपुरी, चटपटेलगायत

पहिरोले अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

जुम्ला – पहिरोले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ ।

लेक लागेर अन्नपूर्ण क्षेत्रमा गत वर्ष १८ पर्यटकको मृत्यु

गण्डकी : गत आवमा अन्नपूर्ण संरक्षण क्षेत्रका विभिन्न गन्तव्यमा १८

एमालेले विधान महाधिवेशनलाई राजनीतिक उत्सवका रूपमा मनाउँछ : महासचिव पोखरेल

काठमाडौँ : नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले दोस्रो विधान