विप्लव नेतृत्वको नेकपाले भन्यो- माओवादीसँग एकता टुंगिएको छैन, आफ्नै नेतृत्वमा नयाँ केन्द्र बनाउँछौँ  « Khabarhub

विप्लव नेतृत्वको नेकपाले भन्यो- माओवादीसँग एकता टुंगिएको छैन, आफ्नै नेतृत्वमा नयाँ केन्द्र बनाउँछौँ 


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


789
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रसँग एकताको चर्चाबीच नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अनौपचारिक स्थायी समिति बैठक मंगलबार बिहान सम्पन्न भएको छ । बैठकले माओवादीले दाबी गरेजस्तो पार्टी एकता टुंगोमा पुगेको छैन भन्ने निष्कर्ष निकालेको छ ।

बैठकले नयाँ केन्द्र निर्माणका लागि विशेष जोड दिएको छ । आगामी चरणको राजनीतिक हस्तक्षेपलाई प्रभावकारी बनाउने गरी उत्पादन केन्द्रित कार्यक्रम र महासचिव विप्लवको ‘स्वच्छ नेतृत्व’ मा देशलाई निकास दिने कार्ययोजना अघि बढाउने सहमति बनेको छ।

बैठकमा नयाँ घोषणापत्रसहित नयाँ केन्द्र निर्माणको आवश्यकता औँल्याइएको छ। नेकपाले आइतबार केही सञ्चारमाध्यममा प्रकाशित ‘पार्टी एकता टुंगिएको’ भन्ने समाचारलाई हल्ला मात्र भएको प्रतिक्रिया दिएको छ। पार्टीले यस्तो हल्लाको भरमा एकता सम्भव नरहेको स्पष्ट पारेको छ।

यसअघि सोमबार सकिएको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकपछि उपाध्यक्ष अग्निप्रसाद सापकोटाले विप्लव नेतृत्वको नेकपासँग एकताको निर्णय भइसकेको बताएका थिए। तर विप्लव नेतृत्वको नेकपाले त्यसलाई अस्वीकार गर्दै औपचारिक निर्णय नभएको जनाएको छ।

अबको दिनमा पार्टीले स्पष्ट कार्यक्रम र आफ्नै सशक्त नेतृत्वमार्फत नयाँ केन्द्र निर्माण गर्दै अघि बढ्ने संकेत गरेको छ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ११ : ४८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै