राप्रपाले पनि गर्‍यो प्रतिनिधिसभा बैठक बहिष्कार « Khabarhub

राप्रपाले पनि गर्‍यो प्रतिनिधिसभा बैठक बहिष्कार


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभा बैठक बहिष्कारलाई निरन्तरता दिएको छ । गत जेठ १३ गतेदेखि भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको राप्रपाले मंगलबार पनि बैठक बहिष्कार गरेको छ ।   

बैठक सुरु भएपछि सभामुख देवराज घिमिरेले राप्रपाका सांसद दीपकबहादुर सिंहलाई बोल्ने अनुमति दिएका थिए । उनले भिजिट भिसा प्रकरणमा पार्टीले राख्दै आएको माग पूरा नभएकाले बैठक बहिष्कार गर्ने बताए । 

‘हामी सदन बहिष्कार गर्छौं । सदन बहिष्कार गर्दाखेरि हामीले पाउने भत्ता पनि बहिष्कार गरिराखेका छौँ,’ उनले भने । मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि बैठक बहिष्कार गरेको छ ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  १ : ५२ बजे

कृष्णभीर अवरुद्ध भएपछि हेटौँडा–काठमाडाैं मार्गमा सवारी चाप

हेटौँडा – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि वैकल्पिक

भोटेकोशी बाढी : बर्दियाका १३५ जनाको उद्धार

बर्दिया – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको

भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग

कञ्चनपुर – कञ्चनपुरको लिटिल बुद्ध एकेडेमीले भोटेकोशी बाढीपीडितका लागि रु

भोटेकोशी बाढी : एक हजार २०४ शव फेला

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीमा परी मृत्यु भएका एक हजार

भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो

रूपन्देही – भोटेकोशी नदीमा गएको बाढीमा बगेर भारत पुगेका नौ