सर्वोच्च अदालतका तीन न्यायाधीश सम्मानित « Khabarhub

सर्वोच्च अदालतका तीन न्यायाधीश सम्मानित


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दोलखा कानुन व्यवसायी समाजले त्यहाँ घर भई सर्वोच्च अदालतको न्यायाधीश पदमा रहेर सेवा निवृत्त भएका र कार्यरत तीन जना न्यायाधीशलाई सम्मान गरेको छ ।

भीमेश्वर नगरपालिका बोच घर भई सर्वोच्च अदालतका पूर्वन्यायाधीश भएर काम गरिसक्नुभएका बलराम केसी, तामाकोसी गाउँपालिका–६ च्यामा पुर्खौली घर भई सर्वोच्च अदालतमा कार्यरत न्यायाधीश हरिप्रसाद फुँयाल र जफे घर भई सर्वोच्च अदालतमा नवनियुक्त न्यायाधीश मेघराज पोखरेललाई समाजले आज यहाँ आयोजित एक कार्यक्रममा सम्मान गरेको हो ।
      
पूर्वन्यायाधीश केसीले आफूले काम गर्दा न्यायालयको सुधार गर्दै न्यायसम्पादन प्रभावकारी रूपमा गरेको उल्लेख गर्दै संवैधानिक इजलासमा विज्ञताको आधारमा न्यायाधीश राख्ने व्यवस्था गर्नुपर्नेमा जोड दिए । 

न्यायाधीश फुँयालले आफूप्रतिको विश्वास कायम राख्दै प्रतिष्ठामा आँच नआउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे। न्यायाधीश पोखरेलले सर्वोच्च अदालतमा काम गर्ने चुनौतीपूर्ण जिम्मेवारी आएको बताउँदै यसप्रति जिम्मेवार भएर आफूले सकेसम्म उल्लेख्य काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा पूर्वमहान्यायाधिवक्ता मुक्ति प्रधान, वरिष्ठ  अधिवक्ताहरू लक्ष्मीप्रसाद उप्रेती, सुभद्रा सिटौला, अधिवक्ता प्रवीण प्रधानलगायतले न्यायालयको नेतृत्वमा रहेर काम गर्ने दोलखालीलाई राम्रो अवसर मिल्नु गर्वको विषय भएको बताउँदै पीडितलाई न्याय पर्नेगरी काम गर्ने विश्वास व्यक्त गरेका थिए।

समाजका उपाध्यक्ष सहदेव पाण्डेले दोलखा जिल्लामा घर भई विभिन्न ठाउँमा रहेर कानुनको क्षेत्रमा काम गर्ने व्यक्तिलाई एकीकृत गरी सकारात्मक काम गर्न प्रोत्साहन गर्ने उद्देश्यले संस्थाको स्थापना गरिएको जानकारी दिए।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ५ : ५० बजे

कृष्णभीर अवरुद्ध भएपछि हेटौँडा–काठमाडाैं मार्गमा सवारी चाप

हेटौँडा – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि वैकल्पिक

भोटेकोशी बाढी : बर्दियाका १३५ जनाको उद्धार

बर्दिया – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको

भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग

कञ्चनपुर – कञ्चनपुरको लिटिल बुद्ध एकेडेमीले भोटेकोशी बाढीपीडितका लागि रु

भोटेकोशी बाढी : एक हजार २०४ शव फेला

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीमा परी मृत्यु भएका एक हजार

भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो

रूपन्देही – भोटेकोशी नदीमा गएको बाढीमा बगेर भारत पुगेका नौ