काठमाडौं– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सुरक्षा क्याबिनेटको बैठकमा गाजा पुनः कब्जाको प्रस्ताव राखेका छन् ।
उनको यो प्रस्तावलाई सेना प्रमुख लगायत धेरै जनाले अस्वीकार गरेका छन् । नेतान्याहुको यो प्रस्ताव लागू भएमा सेना प्रमुखले पदबाट राजीनामा गर्ने छन् ।
यो योजनाले अहिले रिहा हुन बाँकी रहेका बन्दीहरूको परिवारमा अझ बढी त्रास समेत छाउने छ । ५० मध्ये २० जना अझै रिहा हुन बाँकी रहेका छन् ।
इजरायल निकटस्थ धेरै देश पनि नेतान्याहुको प्रस्तावको विरुद्धमा रहने छन् । धेरै देशहरू युद्ध अन्त्य र गाजामा राहत वितरणको वातावरण सृजना गर्ने प्रयासमा लागिरहेका छन् ।
नेतान्याहुले यो प्रस्ताव राखेको एक दिन अघिमात्र इजरायलका दर्जनौँ पूर्व सैन्य अधिकारीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसामु युद्ध विरामका लागि प्रयास गर्न पत्र लेखेका थिए ।
यसरी पत्र लेख्ने मध्येका एक पूर्व गुप्तचर प्रमुख अमी आयलनले सेनको यसरी प्रयोग गरिनु दुर्भाग्यपूर्ण हुने बताएका छन् ।
प्रतिक्रिया