आरटीएन दिवसको अवसरमा विराटनगरमा रक्तदान कार्यक्रम सम्पन्न  « Khabarhub

आरटीएन दिवसको अवसरमा विराटनगरमा रक्तदान कार्यक्रम सम्पन्न 


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

विराटनगर– आरटीएन (राउण्ड टेबल नेपाल) दिवसको अवसरमा विराटनगर सेन्ट्रल राउण्ड टेबल १५, ४१ क्लब ४ विराटनगर, र ट्याङ्गेण्ट्स क्लब १ विराटनगरको संयुक्त आयोजनामा जयहिन्द पीयू टेक, विराटनगरमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।

समाजसेवा र मानवताप्रतिको प्रतिबद्धता अनुरूप यो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमको मुख्य उद्देश्य रक्त अभावमा परेका बिरामीहरूको सहायता गर्नु र नियमित रक्तदानको महत्त्वबारे जनचेतना फैलाउनु रहेको थियो ।

उक्त रक्तदान कार्यक्रममा क्लब सदस्यहरू, स्वयंसेवकहरू तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रह्यो । सफल आयोजनाका क्रममा कुल ४२ पिन्ट रगत सङ्कलन गरिएको आयोजकले जनाएका छन् ।

यस किसिमका सामाजिक सेवामूलक गतिविधिहरूले समाजमा सकारात्मक सन्देश दिनुका साथै सहयोग र एकताको भावना पनि बलियो बनाउने विश्वास आयोजक संस्थाहरूले व्यक्त गरेका छन्  । 

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  १२ : ४१ बजे

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्