आरटीएन दिवसको अवसरमा विराटनगरमा रक्तदान कार्यक्रम सम्पन्न  | Khabarhub Khabarhub

आरटीएन दिवसको अवसरमा विराटनगरमा रक्तदान कार्यक्रम सम्पन्न 


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

विराटनगर– आरटीएन (राउण्ड टेबल नेपाल) दिवसको अवसरमा विराटनगर सेन्ट्रल राउण्ड टेबल १५, ४१ क्लब ४ विराटनगर, र ट्याङ्गेण्ट्स क्लब १ विराटनगरको संयुक्त आयोजनामा जयहिन्द पीयू टेक, विराटनगरमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।

समाजसेवा र मानवताप्रतिको प्रतिबद्धता अनुरूप यो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमको मुख्य उद्देश्य रक्त अभावमा परेका बिरामीहरूको सहायता गर्नु र नियमित रक्तदानको महत्त्वबारे जनचेतना फैलाउनु रहेको थियो ।

उक्त रक्तदान कार्यक्रममा क्लब सदस्यहरू, स्वयंसेवकहरू तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रह्यो । सफल आयोजनाका क्रममा कुल ४२ पिन्ट रगत सङ्कलन गरिएको आयोजकले जनाएका छन् ।

यस किसिमका सामाजिक सेवामूलक गतिविधिहरूले समाजमा सकारात्मक सन्देश दिनुका साथै सहयोग र एकताको भावना पनि बलियो बनाउने विश्वास आयोजक संस्थाहरूले व्यक्त गरेका छन्  । 

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  १२ : ४१ बजे

फलामले लागेर क्रेन अपरेटरको मृत्यु

बारा– बाराको जीतपुर सिमरा उपमहानगरपालिका–९ स्थित नारायणी स्पार्क प्रालिमा गए

भारत–अमेरिका व्यापार वार्ता असफलताको अन्तर्य

काठमाडौं- पाँच चरणको व्यापार वार्तापछि भारतीय अधिकारीहरू अमेरिकासँग अनुकूल सम्झौता

हिरोसिमा र नागासाकी पुगेर जापानीले सम्झिए आणविक हतियारको पीडा

आजभन्दा ठिक ८० वर्षअघि। अगस्ट महिनाको महिनाको ६ देखि ९

मृत्यु संस्कारमा कनकाई नगरले नगद सहयोग गर्ने

झापा– झापाको कनकाई नगरपालिकाले नगरवासीलाई मृत्यु संस्कारमा सहयोग गर्ने उद्देश्यले

४१ स्थानमा सशस्त्रको मनसुन प्रतिकार्य अस्थायी बेस स्थापना

काठमाडौं– सशस्त्र प्रहरीले काठमाडौं उपत्यकासहित देशभर ४१ स्थानमा मनसुन प्रतिकार्य