सुशील र अञ्जनाले सके ‘परिवर्तन’को सुटिङ « Khabarhub

सुशील र अञ्जनाले सके ‘परिवर्तन’को सुटिङ


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइली शीर्ष भूमिकामा रहेको फिल्म ‘परिवर्तन’को छायाङ्कन पूरा भएको छ । निर्देशक विजय केरुङका अनुसार यो फिल्मको छायाङ्कन ५६ दिन लगाएर सोमबार पूरा गरिएको हो ।

फिल्ममा समावेश दुई गीतको भने काठमाडौंमा छायाङ्कन हुने उनले बताए । उनले भने, ‘एक राष्टिय गीत र लोक गीतको छायाङ्कन बाँकी छ । फिल्मको छायाङ्कन भने पूरा भयो ।’

यस फिल्मको छायाङ्कन जेठ अन्तिम साताबाट सुरु भएको थियो । झापा र विराटनगरका विभिन्न स्थानमा यसको छायाङ्कन भएको निर्माण पक्षले बताएको छ ।

यस फिल्ममा बुद्धि तामाङ र करिश्मा मानन्धर पनि शीर्ष भूमिकामा रहेको बताइएको छ ।

‘दिब्यासी फिल्म्स प्रा.लि.’ को ब्यानरमा बनेको यस फिल्मको निर्माता दीपक सिवाकोटीले हुन् । सिवाकोटीले नै यसको कथा लेखेका हुन् । पटकथा तथा संवाद शिवम अधिकारीले तयार पारेका हुन्।

वि.सं. २०२८ मा निर्देशक हिरा सिंह खत्रीको निर्देशनमा ‘परिवर्तन’ नामक चलचित्र निर्माण भएको थियो। झन्डै पाँच दशकपछि सोही नाममा नयाँ कथामा अर्को ‘परिवर्तन’ दर्शकमाझ आउन लागेको हो ।

यो फिल्म यसैवर्ष प्रदर्शनमा ल्याउने तयारीमा निर्माण पक्ष रहेको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  २ : ३२ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको