सुभास नेम्वाङलाई सम्झिँदै राप्रपा सांसदको गुनासो- सभामुखले भेदभाव गर्नुभयो  « Khabarhub

सुभास नेम्वाङलाई सम्झिँदै राप्रपा सांसदको गुनासो- सभामुखले भेदभाव गर्नुभयो 


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद् रोशन कार्कीले पूर्वसभामुख सुवाशचन्द्र नेम्वाङको उदाहरण दिँदै सभामुख देवराज घिमिरेले संसद्मा काखापाखा गरेको टिप्पणी गरेकी छन् । 

प्रतिनिधिसभाको बुधबारको बैठकमा उनले जेठ १३ गतेबाट संसद्को चौथो र पाँचौँ ठूला दलहरू भिजिट भिसा प्रकरण छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आन्दोलनरत हुँदा पनि सभामुखले वास्ता नगरेको गुनासो गरिन् । 

‘हामी चौथौ र पाँचौँ दल लामो समयदेखि भिजिट भिसा प्रकरणमा आन्दोलनरत छौँ । सभामुख महोदय, म यहाँसँग अनुरोध गर्न चाहन्छु,’ सांसद कार्कीले भनिन्, ‘यहाँमार्फत् म सरकारलाई सोध्न चाहन्छु, के सरकार संसद् प्रति उत्तरदायी हो कि संसद् सरकारप्रति उत्तरदायी ? के हो यो ?’

उनले पूर्वसभामुखले संसद् सञ्चालनबारे सांसदहरूलाई दिएको जवाफलाई उदाहरणका रुपमा अभिव्यक्त गरिन् ।

‘आज मैले स्वर्गीय सुवाश नेम्वाङलाई सम्झिएँ । हामीले उहाँसँग संसद् व्यवस्थाको बारेमा जानकारी लिँदा भन्नुभएको थियो– सदनमा एकजना माननीय मात्रै उठे पनि सभामुखले त्यसलाई एड्रेस गर्नुपर्छ,’ कार्कीले भनिन्, ‘त्यसको समाधान गरेरमात्र संसद् चलाउनुपर्छ ।’

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  २ : ०१ बजे

लुम्बिनीविरुद्ध सङ्कटमा विराटनगरको इनिङ

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो क्वालिफायर खेलमा विराटनगर किङ्गसको

शिवं सिमेन्टले साँढे १२ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं– शिवं सिमेन्ट लिमिटेडको आर्थिक वर्ष २०८१/२०८२ को वार्षिक साधारण

विदेशी नागरिक र कालोसूचीकालाई उडाउनेसहित यी विषयमा अनुसन्धान गरिरहेको छ अख्तियार

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणसँग सम्बन्धित व्यक्तिहरूमाथि

नुवाकोट–१ मा प्रतिनिधि सभाका लागि डा. प्रकाशशरण महत एकल सिफारिस

काठमाडौं– नुवाकोट क्षेत्र नं–१ बाट प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ नेपाली कांग्रेसका