गाजामा सहायता बोकेको ट्रक पल्टिँदा २० जनाको मृत्यु « Khabarhub

गाजामा सहायता बोकेको ट्रक पल्टिँदा २० जनाको मृत्यु


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

एजेनसी – मध्य गाजा पट्टीमा सहायता खोज्नेहरूको भिडमा सहायता बोकेको ट्रक पल्टिँदा २० जनाको मृत्यु भएको गाजाको नागरिक सुरक्षा निकायले बुधबार जनाएको छ ।

मङलबार मध्यरातमा सहायता बोकेको ट्रक सयौँ नागरिक सहायताको प्रतीक्षामा रहेका नागरिक माथि पल्टिँदा बीस जनाको मृत्यु हुनुको साथै दर्जनौँ घाइते भएको गाजाको सुरक्षा निकायका प्रवक्ता महमुद बासलाई उदृत गर्दै एएफपीले जनाएको छ ।  

इजरायलले पहिले बम प्रहार गरेको असुरक्षित सडकमा ट्रक चलाइरहेको कारण नुसिरात शरणार्थी शिविर नजिकै ट्रक दुर्घटना भएको बासले बताएका छन् । 

हमासले इजरायललाई ट्रक चालकहरूलाई सहायता वितरण केन्द्रहरूमा पुग्न खतरनाक मार्गहरू प्रयोग गर्न बाध्य पारी ‘जानाजानी भोकमरी र अराजकता सिर्जना गरेको’ आरोप लगाएको छ ।’

इजरायलले आधारभूत आवश्यकताहरूका लागि हप्तौँदेखि पर्खिरहेका भोकमरीले ग्रस्त  नागरिकहरू सामु जानमा चालकहरूलाई अवरोध गर्ने गरेको हमासको मिडिया कार्यालयले एक विज्ञप्तिमार्फत जनाएको छ ।  

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  ४ : ५३ बजे

रसुवाका चार सुरुङमा उद्धारको कठिन परीक्षा : तीनवटामा सेनाले आश मार्‍यो, एउटामा अझै संघर्ष

काठमाडौं- भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि

सरकार उद्धारमा असफल भयो भन्ने जनगुनासो छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डले

रसुवा बाढीबाट पर्यटन क्षेत्रमा ५० अर्बभन्दा बढी क्षति भएको छ : मन्त्री पौडेल

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले रसुवा बाढीबाट पर्यटन

रुसले इरानलाई सुपरसोनिक मिसाइलमा सघाउँदै !

एजेन्सी– रुसले इरानलाई उन्नत सुपरसोनिक क्रुज मिसाइल विकास गर्न गोप्य

सूचना ढिलो प्रवाहबारे प्रधानमन्त्रीको इन्कार : फिल्डमा रहेका सुरक्षाकर्मी नै बाढीमा बगे

काठमाडौं – रसुवा बाढीबारे ‘स्थानीयलाई सरकारले ढिलो सूचना प्रवाह गरेकाले