सेवाग्राही खोज्दै राजधानी पुगे वडाका जनप्रतिनिधि ! « Khabarhub

सेवाग्राही खोज्दै राजधानी पुगे वडाका जनप्रतिनिधि !


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


561
Shares
  • change font
  • change font
  • change font

दोलखा– स्थानीय तहका जनप्रतिनिधि साउन लागेसँगै सहर केन्द्रित सेवाग्राही खोज्न राजधानी पुग्न थालेका छन् । 

गाउँघर छाडेर राजधानीमा बसोबास गर्दै आएका आफ्ना नागरिकलाई वडाको सेवा लिएर वैतेश्वरका विभिन्न वडाका जनप्रतिनिधि तथा कर्मचारी अहिले राजधानीमा पुगेका हुन् ।

८ वटा वडा रहेको वैतेश्वर गाउँपालिका भित्रका वडाहरूले चालु वर्षको सामाजिक सुरक्षा भत्ताको कार्ड नवीकरणको लागि काठमाडौं केन्द्रित घुम्ती शिविर चलाएर सेवा दिइरहेका छन् ।

पालिकाको वडा नम्बर-८ क्षेत्रपाले गत शुक्रबार र शनिवार काठमाडौंको जडीबुटीमा भत्ताकार्डको नवीकरणको लागि घुम्ती शिविर सञ्चालन गरेको थियो ।

वडामा आउन नसक्ने तथा काठमाडौं बसोबास गरिरहेका ४३ जना नागरिकलाई राजधानीमै पुगेर सेवा दिएको वडा अध्यक्ष शान्त बहादुर जिरेलले बताए ।

त्यसैगरी सोही पालिकाको वडा नम्बर-४ काब्रेले पनि हिजो मंगलबार र आज बुधबार घुम्ती शिविर राखेर ७० जना ज्येष्ठ नागरिक,एकल महिला,दलित तथा अपाङ्गता भएका व्यक्तिहरूको भत्ता कार्ड नवीकरण गरेको वडा अध्यक्ष कुमार चौलागाईंले जानकारी दिए ।

वडाबाट जनप्रतिनिधि तथा कर्मचारी गएर दुई दिन शिविर आयोजना गरी कार्ड नवीकरण गरिएको उनले बताए ।

वैतेश्वरका अन्य वडाहरूले पनि गाउँ छाडेर राजधानी बसोबास गर्दै आएका नागरिकलाई राजधानीमै पुगेर सेवा दिने जनाएका छन् ।

जस अन्तर्गत वडा नम्बर-३ ले यहीँ साउन २३ र २४ गते कोटेश्वरमा शिविर राख्ने भएको छ । 

वडाले वडा नम्बर-३ मिर्गे स्थानीय ठेगाना भएका ज्येष्ठ नागरिक, दलित, एक महिला तथा अपाङ्गता भएका नागरिकहरूको दुई दिन शिविर राखेर सेवा दिन लागेको वडा अध्यक्ष कमल अधिकारीले बताए ।

त्यसैगरी वडा नम्बर- २ले पनि यहीँ साउन अन्तिममा काठमाडौं बसोबास गर्ने वडाका नागरिकको भत्ता नवीकरण गर्ने भएको छ ।

अहिले वडामा बसोबास गरिरहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका नागरिकहरूको कार्ड नवीकरणको काम भइरहेको र वडाको सकेर काठमाडौंमा शिविर आयोजना गर्ने वडा अध्यक्ष श्याम कुमार घिसिङ तामाङले बताए ।

त्यसैगरी वडा नम्बर ५ र ८ ले पनि आउँदो भदौ ८/९ गते काठमाडौं बसोबास गर्नेहरूलाई सेवा दिने जनाएका छन् भने,वडा नम्बर-१ गैरिमुदीले पनि भदौ ४ गतेदेखि ७ गतेसम्म काठमाडौंको जडीबुटीमा घुम्ती शिविर आयोजना गरेर सामाजिक सुरक्षा भत्ताको कार्ड नवीकरण गर्ने जनाएको छ ।

वडा नम्बर-६ नाम्दुले पनि वडाको नवीकरण सकेर काठमाडौं बसोबास गर्दै आएकाहरूलाई भदौमा त्यहीँ पुगेर सेवा दिने वडा अध्यक्ष अशोक तामाङले जानकारी दिए । सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  ६ : ३४ बजे

देश भ्रमले होइन, श्रमले चल्छ : हर्क साम्पाङ

कर्णाली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले

संगीतकार नागेन्द्र श्रेष्ठको ‘सुन मायालु’ सार्वजनिक

काठमाडौँ- गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको नयाँ गीत ‘सुन मायालु’

सन्दीप आवद्ध राजशाहीले जित्यो बिपिएलको उपाधि

काठमाडाैं – बंगलादेश प्रिमियर लिग (बिपिएल)को उपाधि राजशाही वारियर्सले जितेको

गगनलाई भावी प्रधानमन्त्रीमा अघि सारेपछि पौडेलले भने- परिवर्तनको यात्रामा सहकार्य गरौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा सहकार्य

देश परिवर्तनको यात्रामा सहकार्य गराैँ : महामन्त्री पौडेल

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा