मृत्यु संस्कारमा कनकाई नगरले नगद सहयोग गर्ने « Khabarhub

मृत्यु संस्कारमा कनकाई नगरले नगद सहयोग गर्ने


२२ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको कनकाई नगरपालिकाले नगरवासीलाई मृत्यु संस्कारमा सहयोग गर्ने उद्देश्यले ‘सरहे कार्यक्रम’ सुरु गरेको छ । चालु आर्थिक वर्ष देखि यो कार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।

मृत्यु संस्कार मानव जीवनको सबैभन्दा पीडामा गरिने  संस्कार भएकाले सरहे कार्यक्रम सुरु गरिएको नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए । ‘नगरपालिका नगरवासीको अभिभावक संस्था हो’, नगरप्रमुख पोखरेलले भने, ‘परम्परादेखि चलिआएको सरहे प्रथालाई मृत्यु संस्कारमा गरिनुपर्ने कर्मका निमित्त सहज बनाउने उद्देश्यले कार्यक्रम सुरु गरेका हौँ ।’

दुःख र पीडा परेका बेलामा परिवारसँग प्रत्यक्ष भेटेर समवेदना तथा सरहे उपलब्ध गराउँदा दुःखमा थोरै भए पनि सहानुभूति हुने नगर उपप्रमुख आशा शर्मा शिवाकोटीले विश्वास व्यक्त गरिन् । कार्यक्रमअन्तर्गत समवेदनापत्रसहित नगद पाँच हजार आर्थिक सहयोग प्रदान गरिने उनले जानकारी दिइन् ।

नगरपालिकाको यही साउन ११ गते बसेको कार्यपालिका बैठकले ‘मृत्यु संस्कार व्यवस्थापन कार्यविधि– २०८२’ स्वीकृत गरेको थियो ।

त्यसैगरी नगरपालिकाले निर्माण गर्न लागेको कृषि विकास तथा प्रवर्द्धन अनुदानसम्बन्धी कानूनको मस्यौदा– २०८२, कृषि र पशुपक्षी तथा मत्स्य विकासका कार्यक्रम सञ्चालनसम्बन्धी कानूनको मस्यौदा– २०८२, कृषि अनुदानसम्बन्धी कानूनको मस्यौदा– २०८२ सम्बन्धित समितिमा पठाएको छ ।

यस्तै, सुरक्षित आप्रवासन आपतकालीन कोष व्यवस्थापनसम्बन्धी कानूनको मस्यौदा– २०८२ र सुरक्षित आप्रवासन एवं जीविकोपार्जन उत्थानसम्बन्धी कानूनको मस्यौदा– २०८२ लाई छलफलका लागि पठाइएको छ । (रासस)

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार  ७ : ४४ बजे

अमेरिकाको चेतावनी : नेपालमा अचानक प्रदर्शन हुन सक्छ, सचेत रहनू

काठमाडाैँ– अमेरिकी विदेश मन्त्रालयले नेपालमा यात्रा गर्ने आफ्ना नागरिकलाई विशेष

मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

मुस्ताङ– जिल्लाको स्याउ बगैँचामा धमाधम छिटो पाक्ने स्याउको ‘पोस्ट हार्भेस्ट’

म्याग्दीको रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका किसानले व्यावसायिक चौँरीपालन सुरु गरेका

‘डीएनए’ नमूना सङ्कलनपछि २८० शव व्यवस्थापन

चितवन– रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली र नारायणी

सुदूरपश्चिममा गौरा पर्व सुरु, घरघरमा बिरुडा राखिँदै

डडेल्धुरा– सुदूरपश्चिमको जीवन्त मौलिक पर्व गौरा आजदेखि विधिवत् रूपमा सुरु