१५ वर्षदेखि दुग्धेश्वरनाथको धर्मशाला निर्माण अधुरो | Khabarhub Khabarhub

१५ वर्षदेखि दुग्धेश्वरनाथको धर्मशाला निर्माण अधुरो


२२ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

पर्सा– पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित दुग्धेश्वरनाथ महादेव मन्दिरको धर्मशाला निर्माण बजेट अभाव र प्रक्रियागत झन्झटका कारण वर्षौँ देखि अधुरो बनेको छ ।

विगत १५ वर्षदेखि चन्दा सङ्कलन गरेर धर्मशाला निर्माण गरे पनि पर्याप्त बजेट अभावका कारण निर्माण सम्पन्न हुन सकेको छैन । दुग्धेश्वरनाथ महादेव मन्दिर निर्माण तथा संरक्षण समितिका अध्यक्ष अलखदेवप्रसाद थारूले धर्मशालामा एक हजार बढी भक्तजन बस्न मिल्ने भए पनि आधारभूत पूर्वाधार तयार भइनसकेको बताए । 

दुई तला ढलान भएको धर्मशालाका लागि आवश्यक झ्याल, ढोका, शौचालय, प्लाष्टरलगायतका संरचना बन्न सकेको छैन ।

राष्ट्रिय निकुञ्जभित्र भएकाले अत्यावश्यक संरचना निर्माण गर्न विभिन्न प्रक्रियागत झन्झटले थप समस्या हुने गरेको थारूले बताए ।

दुग्धेश्वरनाथ महादेव मेला व्यवस्थापन समितिका अध्यक्ष गेनालाल पटेलले हालसम्म चन्दा सङ्कलन गरेरै धर्मशाला निर्माणमा करिब एक करोड ५० लाख रुपैयाँ भन्दा धेरै रकम खर्च भएको बताए ।

‘धर्मशाला निर्माणमा सरकारी निकायबाट सहयोग पाएका छैनौँ’, उनले भने, ‘पर्सामा केही समयअघिसम्म सङ्घीय र प्रदेशका पाँच जना मन्त्री भए पनि यहाँको चर्चित धार्मिकस्थलको लागि आवश्यक बजेट प्राप्त भएको छैन ।’ अध्यक्ष पटेलले धर्मशाला निर्माण सम्पन्न गर्न अझै करिब दुई करोड रुपैयाँ लाग्ने बताए ।

पर्सा राष्ट्रिय निकुञ्जभित्रको जङ्गलभित्र चुरेपहाडको डाँडामा दुग्धेश्वरनाथ महादेव र भगवती पार्वतीको मन्दिर छ । मन्दिरमा साउनभरि मेला लाग्ने गर्छ । यहाँ आउने दशनार्थीमध्ये ७५ प्रतिशत भारतीय र २५ प्रतिशत स्वदेशी हुने गर्छन् ।

राष्ट्रिय निकुञ्जभित्र पर्ने भएकाले जङ्गली जनावरको जोखिम हुने भएकाले बेलुका ७ देखि बिहान ६ बजेसम्म मन्दिर जाने सडक बन्द गरिन्छ । 

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार  ११ : ४६ बजे

महेन्द्रनगर आँखा अस्पतालमा भारतीय बिरामीको चाप बढ्दो

कञ्चनपुर– महेन्द्रनगरस्थित नेत्रज्योति सङ्घद्वारा सञ्चालित आँखा अस्पतालमा पछिल्लो समय सेवाग्राहीको

पर्वहरू पहिचानसँगै सामाजिक एकता र संस्कृतिका प्रतीक हुन् : सभापति देउवा

काठमाडौं – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मौलिक

युक्रेन वार्ताअघि बेलायत र अमेरिकी उच्च अधिकारीको छलफल

काठमाडौं – रुस र अमेरिकाको वार्ता हुनुअघि नै युक्रेन वार्ताको

रसुवा बाढी : ९८ करोड ५९ लाख बीमा दावी

काठमाडौं – गत असार २३ गते रसुवा जिल्लामा अविरल वर्षा

छ किलो चार सय ग्राम सुनसहित ११ भारतीय नागरिक पक्राउ

कास्की– पोखरामा प्रहरीले छ किलो चार सय ग्राम अवैध सुनसहित