शिक्षक महासंघले भदौ दोस्रो सातादेखि फेरि आन्दोलन गर्ने « Khabarhub

शिक्षक महासंघले भदौ दोस्रो सातादेखि फेरि आन्दोलन गर्ने


२२ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले वाचा गरेअनुसारका माग सम्बोधन गरेर विद्यालय शिक्षा विधेयक नल्याएपछि नेपाल शिक्षक महासंघले भदौ दोश्रो हप्तादेखि अर्को आन्दोलन गर्ने भएको छ।

बिहीबार काठमाडौंमा बसेको महासंघको बैठकले पूर्वसहमतिअनुसार शिक्षा विधेयक अघि नबढेको भन्दै भदौ दोस्रो सातादेखि अर्को आन्दोलन गर्ने निर्णय गरेको अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।

आन्दोलनका कार्यक्रमका लागि आन्दोलन परिचालन समितिले खाका तयार गर्ने र राष्ट्रिय समितिले पारित गर्ने उनले जानकारी दिए ।

त्यसअघि भदौ ३ र ४ गतेका लागि राष्ट्रिय समितिको पूर्ण प्रत्यक्ष बैठक बोलाएको अध्यक्ष सुवेदीले बताए । उनले शिक्षा समितिमा विधेयकमाथि के भइरहेको भन्ने आफूलाई जानकारी नभएको उल्लेख गर्दै प्रतिनिधिसभामा विधेयक दर्ता भएपछि मात्रै आफूहरूका माग सम्बोधन गरेका बिषयको आँकलन गरिने जिकिर गरे ।

बैठकमा सरकारसँग भएको सहमतिपछि अहिलेसम्मको अवस्थाबारे समीक्षा गरिएको उनले बताए । समग्र शिक्षक कर्मचारीलाई सन्तुष्ट बनाउने गरि र विद्यालय शिक्षाका समस्या समाधान गर्ने गरि विधेयक आउने जस्तो नदेखिएको महासंघको बुझाइ रहेको सुवेदीले बताए ।
 

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार  ५ : ३१ बजे

हर्मुज जलडमरूमध्यमा थाई मालवाहक जहाजमाथि हमला

काठमाडौं- हर्मुज जलडमरूमध्यमा थाई मालवाहक जहाजमाथि हमला भएको छ ।

ट्यूसन पढ्न गएकी इनिसा फर्केर आइनन्…

काठमाडौं- ट्यूसन पढ्न पठाएकी १६ वर्षकी छोरी घर फर्केर आइनन्

युद्धबीच पनि इरानलाई विश्वकपमा स्वागत : ट्रम्प

एजेन्सी– मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय खेलकुदमा इरानको सहभागिताबारे प्रश्न

विशेष जिम्मेवारीपूर्वक रचनात्मक ढंगले प्रस्तुत हुने कांग्रेसको निर्णय

काठमाडौं– नेपाली कांग्रेसले राष्ट्रिय सभामा विशेष जिम्मेवारीपूर्वक रचनात्मक ढंगले प्रस्तुत

नेपालले कम समयमा लैङ्गिक समानता प्रवर्द्धनमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ : मन्त्री श्रेष्ठ

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले महिला तथा