सेनाले आयोजना गरेको स्वास्थ्य शिविरमा ६०० भन्दा बढी तीर्थयात्रीले सेवा लिए « Khabarhub

सेनाले आयोजना गरेको स्वास्थ्य शिविरमा ६०० भन्दा बढी तीर्थयात्रीले सेवा लिए


२२ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बाजुरा – बडीमालिकाको दर्शनका लागि गएका भक्तजनलाई लक्षित गरी नेपाली सेनाको ईश्वरी बक्स गुल्म बाजुराले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य उपचार सेवामा ६०० भन्दा बढीले सेवा लिएका छन् ।

यही साउन २३ गते चतुर्दशीका दिन लाग्ने पूजाका लागि यहाँ आएका भक्तजनहरुलाई निःशुल्क सेवा प्रदान गर्न सुरु गरिएको ईश्वरी बक्स गुल्म बाजुराका गुल्मपति सेनानी कृष्ण तिमिल्सेनाले बताए ।

गुल्मले बडीमालिका मन्दिर, त्रिवेणी पाटन र बडीमालिका जानेबीच बाटोमा गरी तीन ठाउँमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । तिमिल्सेनाका अनुसार शिविरमा आएका तीन जना भक्तजनलाई उपचार गरी घर फर्काइएको छ ।

सुदूरपश्चिमको धार्मिक आस्थाको धरोहरका रुपमा रहेको बडीमालिकामा यो वर्ष करिव पाँच हजारभन्दा बढी भक्तजनले दर्शन गरिसकेको गुल्मपति तिमिल्सेनाको भनाइ छ ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार  ९ : १२ बजे

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय

धोबीखोला बस्तीमा पसेपछि बेहाल (तस्बिरहरू)

काठमाडौं – भारी वर्षाका कारण धोबीखोला उर्लिँदा चाबहिल, सरस्वतीनगर र

शिक्षामन्त्रीद्वारा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग