यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना « Khabarhub

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको तराईमा अवस्थित रहेको जनाएको छ । यस्तै, देशभर मनसुनको प्रभाव रहे तापनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको छ ।

महाशाखाका अनुसार अहिले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहने छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागमा धेरै र बाँकी पहाडी भूभागका केही स्थान तथा मधेस प्रदेश र बाँकी तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी प्रदेशको तराई लगायत कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

यस्तै, आज राति देशभर साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान तथा बाँकी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र बाग्मती प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

मनसुनको समय भएकाले पछिल्लो मौसमी सूचनाको जानकारी लिई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आज सूर्योदय बिहान ५ बजेर ३१ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ४८ मिनेटमा हुनेछ ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  ६ : १९ बजे

देशभर हर्षोल्लासका साथ उँधौली पर्व मनाइँदै

काठमाडौं– मङ्सिर पूर्णिमाका अवसरमा पितृको मान र प्रकृतिको सम्मानमा किराँत

भारत–रुस सम्बन्धमा अमेरिकी दबाब

एजेन्सी– रुस र भारतले दशकौँदेखि एकअर्कालाई ‘समय–परीक्षित’ मित्रका रूपमा व्याख्या

के महिनावारी हुनु पाप हो ? 

काठमाडौं– केही महिला अधिकारकर्मी, सिने कलाकारले पनि ‘महिनावारी रगत दूषित

महाधिवेशन तालिकासँगै कांग्रेसमा जोड-घटाउ सुरू, खड्कालाई सभापतिमा सघाउने देउवाको वचन

काठमाडौं– नेपाली कांग्रेसले आगामी पुस २६,२७ र २८ गते काठमाडौँमा

पोखराका भीम सार्कीको आक्रामक ब्याटिङले काठमाडौंलाई दियो १६६ रनको लक्ष्य

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको