विपिन जोशीकाे खाेजीमा आमा र बहिनी सोमबार इजरायल जाँदै  « Khabarhub

विपिन जोशीकाे खाेजीमा आमा र बहिनी सोमबार इजरायल जाँदै 


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्यालेस्टाइनी लडाकु समूह हमासको अपहरणमा परेका कञ्चनपुरका विपिन जोशीकी आमा र बहिनीलाई इजरायलले आफ्नो मुलुक लैजाने तयारी गरेको छ ।

इजरायलको किबुजबाट सन् २०२३ अक्टोबर ७ मा हमासले अपहरण गरेका विपिनको रिहाइका लागि अन्तर्राष्ट्रियस्तरमा दबाब बढाउन आमा पद्मा र बहिनी पुष्पालाई लैजाने तयारी गरेको हो ।

आमा पद्मा र बहिनी पुष्पालाई नेपालस्थित इजरायली दूतावासले आगामी सोमबार इजरायल लैजाने तयारी गरेको विपिनका दाइ (ठूलो बुवाका छोरा) किशोर जोशीले जानकारी दिए ।

‘एम्बेसीले सोमबारको टिकट काटेको छ । आन्टी (काकी) र बहिनीलाई इजरायल लैजाने भनिएको छ,’ उनले खबरहबसँग टेलिफोनमा भने, ‘१०–१५ दिन अगाडि बोलाउनुभएको थियो । सबै डकुमेन्ट (कागजपत्र) तयार भइसकेको छ ।’

इजरायलले विपिनकी आमा र बहिनीलाई संयुक्त राष्ट्रसंघसम्म पुर्‍याउने तयारीसमेत गरेको छ ।

‘विपिनको रिहाइका लागि राष्ट्रसंघमार्फत पहल र दबाबका लागि आग्रह गर्ने र अमेरिकी राष्ट्रपतिसँग पनि भेट गराउने योजना छ,’ विदेश मन्त्रालयका मध्य–पूर्वी एसिया विभागका प्रमुख सागी कार्नीलाई उद्धृत गर्दै कान्तिपुरले समाचार प्रकाशित गरेको छ ।

‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषिसम्बन्धी अध्ययनका लागि इजरायल पुगेका विपिन दक्षिणी इजरायलको किबुजबाट अपहरणमा परेका थिए ।

हमासको आक्रमणमा परी विपिनसँगै रहेका १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । उक्त आक्रमण कूल १२ सय मानिसहरू मारिएका थिए ।

हमासले विपिनसहित २५१ जनालाई बन्धक बनाएको थियो । हमासको आक्रमणपछि इजरायलमा फसेका नेपाली नागरिक स्वदेश फिर्ता ल्याउन तत्कालीन परराष्ट्रमन्त्री एनपी साउद आफैँ राजधानी तेल अविव पुगेका थिए ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  १२ : २७ बजे

जेन-जी आन्दोलन भड्काउन टिओबी समूहले नियोजित भूमिका खेलेको देखिन्छ : बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले भदौ २३ र २४ गतेको

मध्यरातमा प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष श्रेष्ठले गरे पदभार ग्रहण

काठमाडौँ– विवादका बीच प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष आदर्श श्रेष्ठले

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, बालेनलाई दलको नेता बनाउन विधान संशोधन गरिने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दैछ

वैशाखयता देशभर सात हजार २३१ विपद्का घटना

काठमाडौँ– गत वैशाख १ गतेदेखि हालसम्म देशभर सात हजार २३१

सुनसरीका किसानलाई चैते धान रोपाइँ गर्न भ्याइनभ्याइ

सुनसरी– सुनसरीका किसान यतिबेला चैते (हिउँदे) धान रोप्न व्यस्त छन्