नालीको घुस लिँदालिँदै समातिएका कल्याणपुरका मेयर साहविरुद्ध भ्रष्टाचार मुद्दा « Khabarhub

नालीको घुस लिँदालिँदै समातिएका कल्याणपुरका मेयर साहविरुद्ध भ्रष्टाचार मुद्दा


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सिरहाको कल्याणपुर नगरपालिकाका नगरप्रमुख रामपुकार साह तेलीलाई भ्रष्टाचार मुद्दा लागेको छ ।

नाली निर्माणको भुक्तानीबापत एक लाख रुपैयाँ घुस लिँदालिँदै साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गत असार ३२ गते पक्राउ गरेको थियो ।

पक्राउ परेका साहले नगरपालिकाको वडा नं. ६ स्थित नाला निर्माण योजनाको कार्य सम्पन्न भई भुक्तानी गर्ने क्रमका सेवाग्राहीसँग बिचौलियामार्फत्‌ घुस मागेका थिए ।

आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले साहलाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा रकमसहित नियन्त्रणमा लिएको थियो ।

साहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा एक लाख रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय मागदावी गरिएको छ ।

आयोगले उनीविरुद्ध आज (शुक्रबार) विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो । साह २०७९ सालको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएका थिए।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  २ : ५४ बजे

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी

आफूमाथि छानबिन गर्न माग गर्दै खगेन्द्रले भने : दोषी ठहरिए जस्तोसुकै सजाय भोग्न तयार छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले आफूमाथि

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका चीनका