कांग्रेसका जनप्रतिनिधिहरूका लागि कार्यसम्पादन निर्देशिका तयार « Khabarhub

कांग्रेसका जनप्रतिनिधिहरूका लागि कार्यसम्पादन निर्देशिका तयार


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले पार्टीबाट निर्वाचित तीन वटै तहका जनप्रतिनिधिहरूका लागि कार्यसम्पादन निर्देशिका तयार गरेको छ । 

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा शुक्रबार जनप्रतिनिधिहरूको कार्यसम्पादन निर्देशिका तयार गरिएको हो । 

गत असार २३ मा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले जनप्रतिनिधिहरूको कार्यसम्पादन निर्देशिका पास गर्दै परिमार्जनसहित अन्तिम पारित गर्ने निर्णय गरिएको थियो । 

केन्द्रीय कार्यसमितिको निर्णयअनुसार बुधबार सभापति, उपसभापति र महामन्त्रीहरू बसेर कार्यसम्पादन निर्देशिकालाई अन्तिम रूप दिइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

‘अस्ति बसेको केन्द्रीय कार्यसमिति बैठकले विभिन्न तहका जनप्रतिनिधिको कार्यसम्पादन निर्देशिका पास गरेको थियो । त्यसलाई परिमार्जनसहित पास गर्ने भनिएको थियो,’ पौडेलले खबरहबसँग भने, ‘निर्देशिकाबारेमा गहन छलफल गरेर सभापति, उपसभापति र महामन्त्रीहरू सबैको सुझाव समेटेर निर्देशका तयार भयो ।’ 

कांग्रेसले अधिवेशन गर्न बाँकी रहेका भ्रातृ संगठनहरूको अधिवेशन सम्पन्न गर्न गठन गरिएका निर्देशक समितिहरूका लागि कार्यदेश (टीओआर) पनि तयार गरेको छ ।

कांग्रेसका विभिन्न सातवटा भ्रातृ संगठनहरूले अधिवेशन गर्न बाँकी छ । केन्द्रीय कार्यसमिति बैठकले बाँकी रहेका भ्रातृ संगठनहरूको अधिवेशन गर्ने जिम्मा निर्देशक समितिहरूलाई दिएको छ । 

‘अधिवेशन गर्न बाँकी रहेका भ्रातृ संगठनहरूको अधिवेशन निर्देशक समितिले गर्ने, निर्देशक समितिलाई पार्टीले टीओआर दिने भन्ने थियो,’ मुख्य सचिव पौडेलले भने, ‘त्यो टीओआर पनि आज तयार भयो । यिनै दुईवटा विषयमा छलफल भएको हो ।’

बूढानीलकण्ठ बैठकमा सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा थिए । बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको विषयमा पनि छलफल हुने चर्चा चलेको थियो । 

तर, मुख्य सचिव पौडेलले बैठकमा यसबारे कुनै छलफल नभएको बताए । ‘रामहरिजी नाम पनि उच्चरण भएन आजको बैठकमा,’ उनले भने ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  ३ : २५ बजे

विष्णु पौडेललाई गैरकानुनी, गैर न्यायिक र प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरेको एमालेको निष्कर्ष

काठमाडौं– नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानुनी, गैर न्यायिक

बालेनलाई करोडौँको गाडी दिएका मालपानी र चुन्नप्रसादको बयानबाट समातिए विष्णु पौडेल !

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वउप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल

रास्वपा महाधिवेशनमा ‘चिउरी’ को आकर्षण 

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन स्थलमा

दिनभर चल्यो गृहमन्त्री ‘कुटिएको हल्ला’, अहिले आयो होटलका दुई मजदुरलाई थुनाएको खबर

चितवन : गृहमन्त्री सुधन गुरुङको सचिवालयमा उनका सहयोगी कमल सर्गम

यस्तो छ विष्णु पौडेलमाथिको आरोप, चुनावी प्रतिस्पर्धी चुन्नप्रसादले दिएका थिए ‘रकम लुकाएको’ बयान

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वउप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई