कांग्रेसका जनप्रतिनिधिहरूका लागि कार्यसम्पादन निर्देशिका तयार « Khabarhub

कांग्रेसका जनप्रतिनिधिहरूका लागि कार्यसम्पादन निर्देशिका तयार


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले पार्टीबाट निर्वाचित तीन वटै तहका जनप्रतिनिधिहरूका लागि कार्यसम्पादन निर्देशिका तयार गरेको छ । 

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा शुक्रबार जनप्रतिनिधिहरूको कार्यसम्पादन निर्देशिका तयार गरिएको हो । 

गत असार २३ मा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले जनप्रतिनिधिहरूको कार्यसम्पादन निर्देशिका पास गर्दै परिमार्जनसहित अन्तिम पारित गर्ने निर्णय गरिएको थियो । 

केन्द्रीय कार्यसमितिको निर्णयअनुसार बुधबार सभापति, उपसभापति र महामन्त्रीहरू बसेर कार्यसम्पादन निर्देशिकालाई अन्तिम रूप दिइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

‘अस्ति बसेको केन्द्रीय कार्यसमिति बैठकले विभिन्न तहका जनप्रतिनिधिको कार्यसम्पादन निर्देशिका पास गरेको थियो । त्यसलाई परिमार्जनसहित पास गर्ने भनिएको थियो,’ पौडेलले खबरहबसँग भने, ‘निर्देशिकाबारेमा गहन छलफल गरेर सभापति, उपसभापति र महामन्त्रीहरू सबैको सुझाव समेटेर निर्देशका तयार भयो ।’ 

कांग्रेसले अधिवेशन गर्न बाँकी रहेका भ्रातृ संगठनहरूको अधिवेशन सम्पन्न गर्न गठन गरिएका निर्देशक समितिहरूका लागि कार्यदेश (टीओआर) पनि तयार गरेको छ ।

कांग्रेसका विभिन्न सातवटा भ्रातृ संगठनहरूले अधिवेशन गर्न बाँकी छ । केन्द्रीय कार्यसमिति बैठकले बाँकी रहेका भ्रातृ संगठनहरूको अधिवेशन गर्ने जिम्मा निर्देशक समितिहरूलाई दिएको छ । 

‘अधिवेशन गर्न बाँकी रहेका भ्रातृ संगठनहरूको अधिवेशन निर्देशक समितिले गर्ने, निर्देशक समितिलाई पार्टीले टीओआर दिने भन्ने थियो,’ मुख्य सचिव पौडेलले भने, ‘त्यो टीओआर पनि आज तयार भयो । यिनै दुईवटा विषयमा छलफल भएको हो ।’

बूढानीलकण्ठ बैठकमा सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा थिए । बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको विषयमा पनि छलफल हुने चर्चा चलेको थियो । 

तर, मुख्य सचिव पौडेलले बैठकमा यसबारे कुनै छलफल नभएको बताए । ‘रामहरिजी नाम पनि उच्चरण भएन आजको बैठकमा,’ उनले भने ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  ३ : २५ बजे

मन्त्रालयले गर्‍यो मन्त्री खरेलको बिदाइ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आजै राजीनामा दिएका सञ्चार

बागमती प्रदेशसभाका छ जना प्रदेशसभा सदस्यले दिए राजीनामा

बागमती– बागमती प्रदेशसभाका छ जना सदस्यले प्रदेशसभा सदस्यले पदबाट राजीनामा

रवि र बालेन एकसाथ उत्रिएको मधेशमा कस्तो छ रास्वपाको अवस्था ?

काठमाडौं- यो हिउँदको जाडो पानी नपर्दै सकिन लाग्दा चुनावी देशमा

बागलुङमा जिप दुर्घटना हुँदा पाँच जना घाइते

ढोरपाटन– ढोरपाटन नगरपालिका–५ सहीखोलामा आज दिउँसो गाडीखोलादेखि बुर्तिबाङ आउँदै गरेको