फ्लप फिल्मको ह्याट्रिकबाट बच्लान् त पल, फिल्ममा प्रकाश सपुतको व्यस्ताता बढ्दो ! | Khabarhub Khabarhub

सिने ब्रिफ

फ्लप फिल्मको ह्याट्रिकबाट बच्लान् त पल, फिल्ममा प्रकाश सपुतको व्यस्ताता बढ्दो !


२४ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : 6 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

हेडलाइन…
आगामी फूलपातीमा प्रतिस्पर्धा गर्ने फिल्मको संख्या ६ बाट घटेर ३ मा झर्‍याे
संगीतमा कम सक्रिय बनेर ठूलो पर्दामा होमिएका प्रकाश सपुतको पाइपलाइनमा ५ फिल्म
फ्लप फिल्मको ह्याट्रिकबाट बाँच्न सक्लान् त नायक पल शाह ?
गसिपमा छ, माग्नेराजको ट्रेलरमा झुलुक्क ‘मिस पबी’

गसिप

बिकिनीले भाइरल इस्टु
गत वर्षको कात्तिमा इस्टुले माइपोखरीमा खिचेको तस्बिर भाइरल भएको थियो । यतिसम्मकी अहिले पनि सामाजिक सञ्जालमा उक्त तस्बिर चर्चा हुने गर्छ ।
माइपोखरीको उक्त तस्बिर भाइरल हुनुको कारण उनले लगाएको पहिरनले हो । अर्थात्, अहिले बढी नै क्लिभेज देखाएका कारण उनी भाइरल भएकी छन् ।
अहिले फेरि इस्टुको अर्को तस्बिर भाइरल भएको छ । ब्ल्याक बिकिनीमा गरेको फोटोसुटले उनी सामाजिक सञ्जालमा भाइरल बनेकी छन् ।
बिकिनीमा फोटो सुट गर्नु सामान्य हो । सामान्य युवतीहरुले पनि अहिले यो ट्रेन्ड पछ्याउँदै आएका छन् ।
तर, सामाजिक सञ्जालमा बिकिनीमा खिचेको फोटोलाई ठूलै इस्यू बनाउने जमात पनि छ ।
उदाहरण इस्टुकै तस्बिर काफी छ । उनका अन्य तस्बिरले औसतमा ३ हजार लाइक पाउने गरेको भेटिन्छ । बिकिनी लगाएको फोटोले १८ हजार लाइक पाएको छ । यस बिकिनी फोटोले ६ गुणा बढी लाइक पाएको छ ।
अर्थात्, बिकिनी लगाएको फाटोले अझै पनि सामाजिक सञ्जालमा विशेष चर्चा पाउँछ ।
फलतः इस्टु फेरि भाइरल भएकी छन् । गत साता नायिका वर्षा सिवाकोटीले नितम्बलाई हाइलाइट गरेको जिममा फोटो सुट गरेकी थिइन् ।
इस्टुको बिकिनी फोटोले वर्षाको उक्त तस्बिरलाई ओझेलमा पारेको छ ।

यो पनि : ‘माग्ने राजा’को ट्रेलर : मिस पबी एक सेकेन्ड झुलुक्क, पज नगरी चिन्नै गाह्रो !

फ्लप फिल्मको ह्याट्रिकबाट बच्लान् त पल ?

एक नाबालिग गायिकासँगको यौन काण्डमा फसेका कारण नायक पल शाहको करिअर धर्मराएको छ ।

यस काण्डअघि ‘म्युजिक भिडियो किङ’ उपनाम पाएका पलका पछिल्लो समय म्युजिक भिडियो पनि खासै चलेका छैनन् । व्यस्तता पनि पहिला जस्तो छैन ।

ठूलो पर्दामा पनि हातल उस्तै छ । यौन काण्डकै विवादले उनी एक फिल्मबाट निकालिए । पछिल्ला दुई फिल्म बक्स अफिसमा सुपर फ्लप बनेका छन् ।

यौन काण्डको कानुनी प्रक्रिया टुङ्गाएको पल शाहले पहिलो पटक अभिनय गरेको फिल्म ‘पुजार सार्की’ हो । यो मल्टीस्टारर हिट फिल्ममा पल सहायक भूमिकामा थिए ।

त्यसपछि उनी सोलो नायक रहेको दुई फिल्म ‘रावायण’ र ‘मायावी’ प्रदर्शनमा आए । यी दुवै फिल्म बक्स अफिसमा फ्लप भए ।

‘रावायण’ फिल्मबाट पल ट्रोलको शिकार भए । यस फिल्ममा पलले चरित्र निर्माण गर्न नसकेको भन्दै आलोचना समेत भयो ।
उनले चरित्र निर्माण गर्दा राखेको नक्कली दाह्री अस्वाभाविक देखिएको थियो ।

यसले गर्दा उनीसँग दर्शक निराश बनेका थिए । बक्स अफिसमा फ्लप भएको यो फिल्मको व्यापार डेढ करोड हाराहारी मात्रै छ ।

‘रावायण’ प्रदर्शनको दौरान यौन काण्डले चर्चा पाउँदा पल फिल्म ‘कल्ली’बाट निकालिए ।

पल शीर्ष भूमिकामा रहेको अर्को फिल्म ‘मायावी’ बक्स अफिसमा नराम्ररी फ्लप भयो । यो फिल्मको लाइफटाइम ग्रस कलेक्सन ७१ लाख हाराहारी मात्रै छ । अर्थात्, यात्रा ०८१ साल पलका लागि सुखद भएन ।

लगातर दुई फ्लप फिल्म दिएका पलको अभिनय रहेको फिल्म ‘मोहोर’ यही शुक्रबारबाट प्रदर्शनमा आएको छ । यस फिल्ममा पल, नायिका नीति शाह र बेनिशा हमाल शीर्ष भूमिकामा छन् ।

यो फिल्म फ्लप भएको अवस्थामा पलले फ्लप फिल्म दिन ह्याट्रिक हान्नेछन् । यो फिल्मले लगानी सुरक्षित गरे उनी फ्लप फिल्मको ह्याट्रिकबाट बच्नेछन् ।

फिल्ममा प्रकाशको व्यस्ताता

गायन करिअर उत्कर्षमा रहेको बेला ठूलो पर्दामा होमिएका प्रकाश सपुतको फिल्ममा व्यस्तता देखिन लागेको छ ।

प्रकाशले ‘जुन गीत छोए पनि हिट हुन्छ’ भन्ने भाष्यले चर्चा पाइरहँदा गायनमा कम सक्रिय बन्दै उनले भटाभट फिल्म साइन गरेका थिए ।

तर, ठूलो पर्दाको अभिनयमा प्रकाशले गायनमा जस्तो चर्चा भने पाएका छैनन् । व्यस्तता भने राम्रै देखिन्छ । उनको पाइपलाइमा ५ फिल्म पुगेका छन् ।

प्रकाश सपूत ।

गत वर्षको सुरुवातबाटै प्रकाश गायनमा कम सक्रिय बन्दै ठूलो पर्दाको अभिनयमा लागे । फिल्म ‘पूर्णबहादुरको सारङ्गी’मा अभिनय गरे । यो फिल्म कीर्तिमानी हिट भए पनि उनको अभिनयको चर्चा भएन । उनी सहायक भूमिकामा थिए ।

त्यस्तै गत वर्षकै अन्तिममा उनको डेब्यू लेखन र निर्देशन रहेको फिल्म ‘वसन्त’ प्रदर्शनमा आयो । प्रकाश शीर्ष भूमिकामा रहेको यो फिल्म भने व्यवसायिक र समीक्षात्मक दुवै हिसाबले फ्लप भयो । अर्थात्, २०८१ साल प्रकाशका लागि ठूलो पर्दाको अभिनय सुखद भएन ।

तर, प्रकाशले भटाभट फिल्म साइन गरिरहेका छन् । मेकरहरु उनलाई लिन तँछाडमछाड जस्तै गरिरहेका देखिन्छ । यो कुरा उनको पाइपलाइनमा भएका फिल्मले प्रष्ट पार्छ ।

यो वर्ष प्रदर्शनमा आउने भनिएका प्रकाशको अभिनय रहेको फिल्मको संख्या पाँच पुगेको छ । उनले तीन फिल्मको छायाङ्कन भ्याइसके । अब दुई फिल्मको छायाङ्कन गर्न बाँकी छ ।

यो दशैँको प्राइम डेट फूलपातीमा प्रकाशको अभिनय रहेको दुई फिल्म ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ प्रदर्शनमा आउने भएको छ । अर्थात् उनका दुई फिल्मले बक्स अफिसमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

उनी शीर्ष भूमिकामा रहेको ‘सोल्टिनी’को प्रदर्शन मिति असोज ३ लाई तोकिएको छ । ‘सोल्टिनी’ पूर्वनिर्धारित मितिमै प्रदर्शनमा आए असोजमा प्रकाशको अभिनय रहेको तीन फिल्म प्रदर्शनमा आउनेछन् । तर, ‘सोल्टिनी’को प्रदर्शन मिति हेरफेर हुने बुझिएको छ ।

प्रकाश अहिले फिल्म ‘मिरमिरे’को छायाङ्कनमा व्यस्त छन् । यो फिल्मको प्रदर्शन मिति माघ १ लाई तोकिएको छ ।

उनी अर्को फिल्म ‘परालको आगो’मा पनि अनुबन्ध भइसकेका छन् । यो फिल्म पनि यही वर्ष प्रदर्शनमा आउने उच्च सम्भावना छ ।

यो वर्ष प्रकाशको अभिनयका रहेका पाँच फिल्म प्रदर्शनमा आउने पक्का जस्तै छ । एक वर्षमा पाँच फिल्म प्रदर्शनमा आउनु राम्रो व्यस्तता हो ।

तर, प्रकाशले ठूलो पर्दाको अभिनयबाट दर्शकको मन जित्ने भने सकेका छैनन् । हेरौं आगामी दिन उनको अभिनय यात्रा कसरी अगाडि बढ्नेछ !

दशैँमा तीन फिल्मको बक्सअफिस प्रतिस्पर्धा

०८१ सालमै ६ फिल्मले यो वर्षको दशैँ अर्थात् फूलपातीको प्राइम डेटलाई प्रदर्शन मिति तोकेका थिए । अब फूलपातीमा आउन डेढ महिनामात्रै बाँकी छ ।

गत वर्ष नै दशैँ प्रदर्शन मिति तोक्ने तीन फिल्मको छायाङ्कन नै भएको छैन । अर्थात्, तीन फिल्म मात्रै यो फूलपातीमा प्रदर्शनमा आउने निश्चित देखिन्छ ।

अहिलेको अवस्थामा आगामी असोज १३ गते अर्थात् फूलपातीमा तीन फिल्म मात्रै प्रदर्शनमा आउने सम्भावना उच्च छ ।
फिल्महरु ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ दशैँताका प्रदर्शनमा आउने निश्चित छ ।

गत वर्षको फागुनमा नै बलिदानको प्रदर्शन मिति तोकिएको थियो । नभन्दै निर्देशक सन्तोष सेन, समीर भट्ट स्टारर बलिदान दशैँमै प्रदर्शन ल्याउने गरी प्रचारमा जुटेका छन् ।

त्यस्तै, निर्माता रोहित अधिकारीले फिल्म ‘माइतीघर’ निर्माणको घोषणा ०८१ साल मंसिरमा गरेका थिए । उनले सोही मितिदेखि ‘माइतीघर’को प्रदर्शन फूलपातीबाट एक इन्च तलमाथि नहुने अडान राख्दै आएका थिए ।

धिरज मगर, केदार घिमिरे, प्रकाश सपुत र नायिका उपासनासिंह ठकुरी शीर्ष भूमिकामा रहेको यस फिल्मको प्रचार सुरु भइसकेको छ ।

गत वर्षको माघमा नै फिल्म ‘हरिबहादुरको जुत्ता’को प्रदर्शनम मिति आगामी फूलपातीलाई तोकिएको हो । हरिवंश आचार्य शीर्ष भूमिकामा रहने यस फिल्म पूर्वनिर्धारित मितिमै प्रदर्शनमा आउने बुझिएको छ ।

यो दशैँलाई प्रदर्शन मिति तोक्ने तीन फिल्म ‘महाराजधिराज’, ‘दशमी’ र ‘डबल–ट्रिपल’को को भने छायाङ्कन नै भएको छैन ।

गत वर्षको माघमा नै ‘महाराजधिराज’ निर्माण र प्रदर्शन मिति घोषण भएको थियो । परिच्छेद सेनको निर्देशनमा बन्ने भनिएको यो फिल्मबाट तय भएका नायक पल शाहको निस्किएपछि छायाङ्कन नै अन्योलमा परेको छ ।

निर्माता अशोक शर्माको गत वर्ष नै फिल्म ‘डबल ट्रिपल’को निर्माण घोषणा र प्रदर्शन मिति सार्वजनिक गरेका थिए । दशैँमा प्रदर्शन मिति तोकेपछि यो फिल्म फागुन १ मा सरेको छ ।

यस फिल्ममा नायक दयाहाङ राई, नायिका केकी अधिकारी र मिरुना मगर फाइनल भएका छन् । यसको छायाङ्न अझै सुरु भएको छैन । अहिले फेरि यो फिल्मको प्रदर्शन मिति हेरफेर हुने चर्चा छ ।

त्यस्तै, निर्देशक बसन्त गत वर्षको मंसिरमा फिल्म ‘दशमी’ निर्माणको घोषणा गरे । त्यही समय यसको प्रदर्शन मिति दशैँलाई तोकेका थिए । खोइ किन हो ? बसन्तले यो फिल्मको स्क्रिप्टको पूजा गरेर पनि छायाङ्कन गर्न सकेका छैनन् । धेरै लामो समय भयो । यसको चर्चा पनि हुन छोडेको छ ।

नेपाली मेकरहरुले फिल्म प्रदर्शनका लागि मान्ने गरेको सबैभन्दा प्राइम डेट दशैँ हो । यो दशैँमा हरिवंश, धिरज र समीर भट्टको बक्स अफिस भिडन्त हुने देखिन्छ ।

अब कसले बढी दर्शकको साथ पाउँछन ? प्रदर्शनमा आएपछि थाहा हुने नै छ । त्यसै पनि अब प्रदर्शन मिति आउन डेढ महिना मात्रै त बाँकी छ ।

कता हराए ‘कुस्ती’ र ‘सोल्टिनी’ ?

भदौ र असोजमा प्रदर्शनमा आउने भनिएका दुई फिल्म ‘कुस्ती’ र ‘सोल्टिनी’को खोजी हुन थालेको छ ।

कुस्तीको छायाङ्कन गत चैतमा पूरा भएको खबर बाहिरिएको थियो । निर्माण घोषणा गर्दा नै ‘कुस्ती’ यही भदौमा प्रदर्शनमा आउने बताइएको थियो ।

भदौंमा प्रवेश गर्ने एक सातामा मात्रै बाँकी रहँदा यस फिल्मको प्रचारको काम सुरु भएको छैन । स्रोतका अनुसार यो फिल्मको प्रदर्शन मिति पछि सर्ने भएको छ ।

नायिका मिरुना मगरले यही फिल्मका लागि ‘महाभोज’ छाडेकी थिइन् । यस फिल्मको नायक धिरज मगर हुन् ।

त्यस्तै, अर्को फिल्म ‘सोल्टिनी’को प्रदर्शन मिति असोज ३ लाई तोकिएको छ । गत वर्षको मंसिरमै यसको प्रदर्शन मिति तोकिएको हो ।

तर, प्रदर्शन मिति नजिकिँदै गर्दा यसको प्रचार काम शून्यप्रायः छ । असोज ३ जारी आउने भएपछि यो फिल्मको प्रदर्शन मिति हेरफेर गर्ने तयारीमा निर्माण पक्ष रहेको बुझिएको छ ।

यस फिल्ममा प्रकाश सपुत र नायिका परीक्षा लिम्बू शीर्ष भूमिकामा रहेका छन् । अर्थात् ६ महिना अघि नै लक गरेको रिलिज डेटमा नजिक आउँदा प्रचारको काम सुरु भएपछि यी फिल्मको खोजी हुन थालेको हो ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  ६ : ३४ बजे

महन्थ ठाकुरको गुनासो- थारू र मधेसीले अधिकार र पहिचान पाएनन्

धनगढी– सत्ता साझेदार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

धरान– सुनसरीको इटहरी उपमहानगरपालिका–२० को इटहरी–धरान सडकखण्डस्थित पानीपिया जङ्गलमा आज

भक्तपुरको कालदहमा मेला, भक्तजनहरूको घुइँचो 

काठमाडौं– जनै पूर्णिमाको अवसरमा भक्तपुरमा रहेको प्राचीन कालदहमा श्रद्धालु भक्तजनहरूको

उदयपुरमा लाखे जात्रा सुरु

उदयपुर– यहाँ नेवार समुदायको लाखे जात्रा सुरु भएको छ ।

एआईको प्रयोग गरी अधिकतम लाभ लिन सक्नुपर्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले कृत्रिम बुद्धिमता