रुपन्देही कारागारले भन्यो : रवि लामिछानेलाई छुट्टै कोठा व्यवस्था गरिएको छ « Khabarhub

रुपन्देही कारागारले भन्यो : रवि लामिछानेलाई छुट्टै कोठा व्यवस्था गरिएको छ


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


744
Shares
  • change font
  • change font
  • change font

रुपन्देही – कारागार कार्यालय रुपन्देहीले प्रतिनिधिसभा सदस्य तथा पूर्व उपप्रधानमन्त्री रवि लामिछानेबारे सञ्चारमाध्यममा आएका समाचार वास्तविक नभएको बताएको छ ।

कारागार प्रशासक सुरेश भण्डारीद्वारा जारी विज्ञप्तिमा सहकारी ठगीसम्बन्धी मुद्दामा थुनुवाको रूपमा विगत चार महिनादेखि कारागारमा रहेका लामिछानेलाई सुरक्षाका कारण छुट्टै कोठामा बसोबासको व्यवस्था गरिएको उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, “अन्य सामान्य कैदीहरूले पाउने सेवा सुविधा विभेद नगरी उहाँलाई पनि प्रदान गरिएको छ। प्रशासनले नियमित रूपमा भेटघाट गरी समस्या तथा आवश्यकताबारे सोधपुछ गर्ने र देखिएका समस्याको समाधान गर्ने कार्य गर्दै आएको छ।”

कारागारका अनुसार बाहिरबाट आउने भेटघाट वा सञ्चार सुविधा लामिछानेको इच्छाअनुसार मात्र उपलब्ध गराइन्छ। साथै, पछिल्लो समय प्रकाशित केही समाचारमा प्रयोग भएका तस्बिर कारागारभित्रका नभएको र समाचारमा वर्णन गरिएका अवस्थाहरू वास्तविकता विपरीत रहेको दाबी गरिएको छ।

कारागार प्रशासनले संवेदनशील सुरक्षा क्षेत्रसँग सम्बन्धित समाचार प्रकाशन वा प्रसारण गर्दा आधिकारिक स्रोतबाट मात्र पुष्टि भएको सत्य तथ्य सम्प्रेषण गर्न र सर्वसाधारणमा भ्रम सिर्जना हुने खालका सामग्री प्रयोग नगर्न सम्पूर्ण सञ्चारमाध्यमलाई आग्रह गरेको छ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  ९ : १९ बजे

स्टेडियममा शाकिरालाई ‘किस’ खाएको भिडियो भाइरल: वास्तविकता के हो ?

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत डालस रङ्गशालामा अर्जेन्टिना र

रास्वपा महाधिवेशन : बाहिर भोट माग्दै समर्थक, भित्र आजै चुनावको तयारी

चितवन– चितवनमा आयोजित रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्य चयनका लागि चुनावको

छ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन

काठमाडौं– काठमाडौं महानगरपालिकाको सहकारी विभागमा पाँच अर्ब २७ करोड रुपैयाँ

विश्वकपको रौनकबीच मेसीको जन्मदिन, अर्जेन्टिनाले भन्यो- ‘ह्याप्पी बर्थडे, क्याप्टेन !’

काठमाडौँ – विश्व फुटबलकै सर्वकालीन महान् खेलाडीमध्येका एक लियोनेल मेसी

प्रधानमन्त्री बालेनले परिवारको तस्बिर पोस्ट गर्दै लेखे ‘भिजिट चितवन, न्यानो ठाउँ’

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले फेसबुकमा परिवारसहितको तस्बिर सार्वजनिक