कोशी अस्पतालमा रेबिजविरुद्धको सुई निःशुल्क « Khabarhub

कोशी अस्पतालमा रेबिजविरुद्धको सुई निःशुल्क


१५ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कोशी अस्पतालमा रेबिजविरुद्धको सुई निःशुल्क गरिएको छ ।

अस्पतालमा दैनिक १५ देखि २० जनाको सङ्ख्यामा रेबिजविरुद्धको सुई लगाउन बिरामी आउने गरेका छन् । कुकुर, बिरालो र बाँदरले टोकेपछि उनीहरु रेबिजविरुद्धको सुई लगाउन आउने गरेका हुन् ।

अस्पतालका चिकित्सक डा सरवेशकुमार झा रेबिजविरुद्धको सुई नलगाउँदा ज्यान गुमाउनुपर्ने अवस्था आउने बताउँछन् । उनले सुई लगाएर सुरक्षित रहन आग्रह गरे।

“अस्पतालले रेबिजविरुद्धको सुई निःशुल्क लगाउने गरेको छ”, उनले भने  । रेबिजविरुद्ध चारवटा सुई लगाउनुपर्ने हुन्छ ।

“मानिसमा रेबिजको बारेमा ज्ञानको कमी छ”, डा झाले भने, “समयमै उपचार गराउन नआउँदा ज्यान जोखिममा पर्ने गरेको छ ।”

अस्पतालले निःशुल्क लगाउँदै आएको रेबिजविरुद्धको सुई कतिपयले प्रतिसुई रु पाँच सयमा लगाउने गरेको पाइएको छ । रेबिजविरुद्धको सुई लगाउन कसैले लापरवाही गर्न नहुने डा झा बताउँछन् ।

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार  ६ : ३७ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज