कोशी अस्पतालमा रेबिजविरुद्धको सुई निःशुल्क « Khabarhub

कोशी अस्पतालमा रेबिजविरुद्धको सुई निःशुल्क


१५ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कोशी अस्पतालमा रेबिजविरुद्धको सुई निःशुल्क गरिएको छ ।

अस्पतालमा दैनिक १५ देखि २० जनाको सङ्ख्यामा रेबिजविरुद्धको सुई लगाउन बिरामी आउने गरेका छन् । कुकुर, बिरालो र बाँदरले टोकेपछि उनीहरु रेबिजविरुद्धको सुई लगाउन आउने गरेका हुन् ।

अस्पतालका चिकित्सक डा सरवेशकुमार झा रेबिजविरुद्धको सुई नलगाउँदा ज्यान गुमाउनुपर्ने अवस्था आउने बताउँछन् । उनले सुई लगाएर सुरक्षित रहन आग्रह गरे।

“अस्पतालले रेबिजविरुद्धको सुई निःशुल्क लगाउने गरेको छ”, उनले भने  । रेबिजविरुद्ध चारवटा सुई लगाउनुपर्ने हुन्छ ।

“मानिसमा रेबिजको बारेमा ज्ञानको कमी छ”, डा झाले भने, “समयमै उपचार गराउन नआउँदा ज्यान जोखिममा पर्ने गरेको छ ।”

अस्पतालले निःशुल्क लगाउँदै आएको रेबिजविरुद्धको सुई कतिपयले प्रतिसुई रु पाँच सयमा लगाउने गरेको पाइएको छ । रेबिजविरुद्धको सुई लगाउन कसैले लापरवाही गर्न नहुने डा झा बताउँछन् ।

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार  ६ : ३७ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको