गुन्हुँ पुन्ही : स्वाद, संस्कार र प्रकृतिको सम्मान गर्ने पर्व « Khabarhub

गुन्हुँ पुन्ही : स्वाद, संस्कार र प्रकृतिको सम्मान गर्ने पर्व


२४ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – श्रावण शुक्ल पूर्णिमाको दिन नेवार समुदायले विशेष रूपमा मनाउने गुन्हुँ पुन्ही पर्व अर्थात् क्वाँटी पूर्णिमा पनि भनिन्छ। यो पर्व सांस्कृतिक, धार्मिक, पर्यावरणीय र स्वास्थ्य चेतनाले भरिएको एक महत्वपूर्ण पर्व हो।

‘गुन्हुँ’ शब्द नेपाल संवतको नवौं महिनालाई जनाउँछ भने ूपुन्हीू पूर्णिमालाई जनाउने शब्द हो, जसका कारण यस पर्वलाई “गुन्हुँ पुन्ही” भनिन्छ।

यस पर्वमा नेवार समुदायले नौ थरिका गेडागुडी मिसाएर बनाइने स्वादिलो, पौष्टिक र पाचनशक्ति वृद्धिमा सहायक परिकार ‘क्वाँटी’ खाने परम्परा रहेको छ ।

नेवारी भाषामा ‘क्वा’ को अर्थ तातो र ‘टी’ को अर्थ सुप भनिएको हो । यो परम्परागत नेपाली पकवान हो जुन नेवारी समुदायमा ‘गुन्हुँ पुन्ही’ पर्वको अवसरमा वा ‘जनै पूर्णिमा’ मा खाइन्छ।

जनै पूर्णिमा भनेको नेपाल सम्बत् पात्रोको दशौं महिना ‘गुनला’ को पूर्णिमाको दिन हो र नेवारी पात्रोको पहिलो दिन पनि हो। यसले वर्षा ऋतुको अन्त्य र नेपालमा जाडो ऋतुको सुरुआतलाई जनाउँछ।

क्वाँटीमा प्रयोग हुने अन्नमा मास, मुगी, चना, बोडी, केराउ, राजमा, सिमी, भटमास, मकै तथा बकुल्लाजस्ता गेडागुडी समावेश हुन्छन्, जसले शरीरलाई आवश्यक पर्ने प्रोटिन, फाइबर, भिटामिन र खनिजहरू प्रदान गर्दछ। विशेषगरी वर्षाको मौसममा कमजोर हुने पाचन प्रणालीलाई बलियो बनाउने र रोग प्रतिरोधात्मक क्षमता बढाउने विश्वाससहित क्वाँटी सेवन गरिन्छ।

तर यो पर्व केवल स्वादिलो परिकार सेवन गर्ने चाड मात्रै होइन। यस दिन भ्यागुतालाई पूजा गर्ने विशेष परम्परा रहेको छ। श्रावण शुक्ल पूर्णिमाको पावन अवसरमा नेवार समुदायमा वर्षा ल्याउन सहयोग गर्ने जीव भ्यागुता पूजा गर्ने परम्परा प्रचलित छ।

कृषि प्रधान समाजमा धान खेतीको मुख्य समयमा पानीको अभाव नहोस् भनेर भ्यागुतालाई विशेष महत्व दिइन्छ। पानी पार्न, खेतबारी सिँचाइ गर्न मद्दत गर्ने यस सानो जीवलाई कृषकहरूले प्राकृतिक देवताको रूपमा मानेर विविध स्वादिष्ट परिकार बनाएर मनभावन ढंगले पूजा गर्दछन्।

यसरी भ्यागुताप्रतिको श्रद्धा प्रकट गर्दै, नेवारहरूले वर्षा र बालीको समृद्धिको कामना गर्छन्, जुन प्रकृति र मानवीय जीवनबीचको नजिकको सम्बन्धलाई दर्शाउने सुन्दर सांस्कृतिक अभ्यास हो।

कृषि प्रधान समाजमा पानीको विशेष महत्व रहेको हुँदा भ्यागुतालाई वर्षा गराउने जीवका रूपमा लिइन्छ। भ्यागुता रोपाइँको मौसममा देखा पर्ने र वर्षासँग सम्बन्धित जीव भएकाले नेवार समुदायले यस जीवलाई प्राकृतिक देवताको रूपमा सम्मान जनाउँछन्। त्यसैले यस दिन मानिसहरू धानबारी, कुवा, इनार, धारा, खोला जस्ता पानीका स्रोतहरूसम्म गई, सिमीको पातमा चामल, क्वाटी, रोटी, मुलाको ऐना, सुपारी आदि अर्पण गर्दै ‘ब्याचा जाः नक वानेगु’ अर्थात् “भ्यागुतालाई भोजन अर्पण गर्ने” भन्ने परम्पराअनुसार पूजा गर्दछन्। यो परम्परा जलचर प्राणीहरूप्रति कृतज्ञता व्यक्त गर्ने, प्राकृतिक सन्तुलनको सम्मान गर्ने र वातावरणप्रतिको सचेतनाको जीवन्त उदाहरण हो।

गुन्हुँ पुन्हीको अर्को गहिरो पक्ष हो—डोरो बाँध्ने परम्परा। यस दिन नेवार समुदायले तान्त्रिक विधिबाट तयार गरिएको विशेष डोरो महिलाको बायाँ र पुरुषको दायाँ हातमा बाँध्ने गर्छन्। डोरो बाँध्दा ूबलि राजाबाट रक्षा होस्ू भन्ने श्लोक वाचन गरिन्छ र यसलाई पञ्चतत्त्वका प्रतीकहरूसँग सम्बन्धित गरिन्छ। डोरोले भूतप्रेत, पिसाच र अशुभ शक्तिबाट जोगाउने विश्वास गरिन्छ। यो परम्परा पछि अन्य जातजातिमा पनि फैलिएको छ, जसले गर्दा आजको दिन धेरै नेपाली समुदायले क्वाँटी खाने र डोरो बाँध्ने परम्परा अंगीकार गरेका छन्।

गुन्हुँ पुन्ही केवल एउटा पर्व नभई जीवनशैलीसँग गाँसिएको, प्रकृति र मानवबीचको सम्बन्ध उजागर गर्ने, परम्परा र स्वास्थ्यको समिश्रण प्रस्तुत गर्ने अनुपम सांस्कृतिक पर्व हो। यो चाडले परम्परा, प्रकृति, आस्था र आहारबीचको गहिरो सम्बन्धलाई सम्मान गर्ने अवसर प्रदान गर्छ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  ६ : २३ बजे

प्युठानबाट दुई थान भरूवा बन्दुक बरामद

प्युठान–  सरूमारानी गाउँपालिका-६ बुढिचौर सामुदायिक जंगलबाट भरूवा बन्दुक दुई थान बुधबार दिउँसो

सङ्खुवासभामा निर्वाचन चहलपहल बढ्दो : मतदानस्थल र मतदान केन्द्रको अनुगमन जारी

किमाथांका– सङ्खुवासभामा आसन्न प्रतिनिधिसभा सदस्य  निर्वाचनका लागि मतदानस्थल र मतदान

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

काठमाडौं–  १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कीर्तिपुर नगरपालिका- १० भत्केपाटी

नेपालकै पहिलो डिजिटल इकोसिस्टम ग्लोबल डायरी सञ्चालनमा

काठमाडौं– नागरिक, व्यवसाय र सरकारी निकायलाई एउटै विश्वसनीय, संरक्षित र

दबाबबीच इरानमा क्रान्ति दिवस

एजेन्सी– इरानले सन् १९७९ को इस्लामिक क्रान्तिको ४७औँ वार्षिकोत्सव बुधबार