दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु « Khabarhub

दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

देउखुरी – दाङमा दुईवटा सवारी साधन (मोटरसाइकल)एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छभने दुई जना घाइते भएका छन् ।

 घोराही– तुलसीपुर सडकखण्डको तुलसीपुर–१८ दुधरासमा  तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको लुप्र०२–००१प ११२१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु३४प ५४०६ नम्बरको मोटरसाइकल शनिबार बेलुकी एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

दुर्घटनामा परी राप्ती गाउँपालिका–५ लठ्ठहवाका ४६ वर्षीय देवराज चौधरीको मृत्यु भएको छ । उनीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा शनिबार राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहीले जानकारी दिए ।

त्यस्तै दुर्घटनामा परी तुलसीपुर उपमहानगरपालिका–५ का २७ वर्षीय नवराज पौडेल मोटरसाइकलमा पछाडि सवार बारा विश्रामपुर गाउँपालिका–२ घर भई हाल तुलसीपुर–५ मा बस्ने १८ वर्षीय रोशन पण्डित घाइते भएका छन् । घाइते दुवै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ९ : ४७ बजे

विश्वकप अभ्यास : श्रीलंकाविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौं – आइसिसी टी–२० विश्वकप तयारीमा रहेको नेपाली राष्ट्रिय टिम

पनौतीको त्रिवेणीमा स्नान गर्दै स्वस्थानीका व्रतालु (तस्बिरहरू) 

काठमाडौं– पौष शुक्ल पूर्णिमादेखि सुरु भएको स्वस्थानी व्रतका व्रतालुहरूले आज काभ्रेको

कांग्रेसका दागी नेतालाई टिकटमा तगारो

भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि बनेको सरकारले फागुन

सवारी दुर्घटनामा एक जनाको मृत्यु

इलाम– इलामको देउमाई–२ पानीटारमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु

बीपीएल : सन्दीप लामिछानेको टिम फाइनलमा

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा नेपाली लेग स्पिन सन्दीप