केन्द्रीय भूमिकाबिना पर्दामा नफर्किने कलाकार आशिषको घोषणा « Khabarhub

केन्द्रीय भूमिकाबिना पर्दामा नफर्किने कलाकार आशिषको घोषणा


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनय क्षेत्रमा तीन दशकभन्दा लामो समयदेखि सक्रिय रहँदै आएका दिग्गज कलाकार आशिष विद्यार्थीले आफू किन हाल फिल्महरूमा कम देखिनुको कारणबारे खुला रूपमा जवाफ दिएका छन्। 

आशिषले आफ्नो भ्लगमार्फत  ‘केन्द्रिय भूमिका’ मा मात्र अभिनय गर्न इच्छुक भएकोले अहिले कम पर्दामा देखिन थालेको बताएका छन् ।

उनले आफ्नो ३० वर्षे करियरको गौरवमय यात्राको कुरा गर्दै भने, ‘मैले ११ भाषामा ३०० भन्दा बढी फिल्ममा काम गरेको छु। म आफैं स्विकार्छु – म एक उत्कृष्ट अभिनेता हुँ । मेरो करियरमा मैले अद्भूत भूमिकाहरू निभाएको छु । तर अहिले म त्यस्ता अद्भूत केन्द्रीय भूमिकाको खोजीमा छु, जुन अहिलेसम्म मलाई प्रस्ताव गरिएको छैन ।’

उनी अगाडि भन्छन्, ‘म निर्देशक, निर्माता र कास्टिङ निर्देशकहरूसँग कुरा गर्छु र भन्छु, ‘अहिलेसम्म केन्द्रीय भूमिका पाएन भने पनि यसको मतलब अब पाउन सक्दिनँ भन्ने होइन’ । म आभारी छु कि मेरो ३० वर्षको करियरमा मैले ११ फरक भाषामा ३०० फिल्म गरेको छु । तर अब मैले निर्णय गरेको छु कि म केही राम्रो केन्द्रीय भूमिकाहरू मात्र गर्न चाहन्छु ।’

आशिषले जीवनमा कुनै प्रकारको रिस नराख्ने पनि बताए र वर्तमान अवस्थामा आफूसँग भएका समयलाई मोटिभेसनल स्पिकिङ, ब्लगिङ, र सिर्जनात्मक काममा लगाएको बताए। उनी हाल एक  कमेडी स्केच पनि लेखिरहेका छन्।

आशिषले नेपाली र भारतीय फिल्म उद्योगका दर्जनौं चर्चित फिल्महरूमा अभिनय गरेर आफ्नो छवि बनाएका छन्। 

उनका चर्चित फिल्महरूमा द्रोहकाल, १९४२ : अ लभ स्टोरी, बाजी, मृत्युदाता, जिद्दी, मेजर साहब, सोल्जर, हसीना मान जाएगी, अर्जुन पंडित, र वास्तव समावेश छन्।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  १२ : १२ बजे

उस्तै छ भविष्य खोज्न विदेशिनेको लर्को (तस्बिरहरू)

काठमाडौं– देशमा नयाँ सरकार आए पनि विदेशिने युवाहरूको लर्को उस्तै

बुढानीलकण्ठ विद्यालय प्रकरणमा विद्यालय र अभिभावक संगठनको स्पष्टीकरण, भ्रामक प्रचार नगर्न आग्रह

काठमाडौं– बुढानीलकण्ठ विद्यालयमा विद्यार्थीमाथि शारीरिक तथा मानसिक यातना दिइएको भन्ने

कृषि उत्पादन वृद्धि गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कृषि उत्पादन वृद्धि गरी

जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यक : राष्ट्रपति

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी

नेपाल–चीनबीचको सहकार्य र आपसी विश्वासलाई अझ सुदृढ बनाउने छ : पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौं– वागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले अन्तर्राष्ट्रिय उत्कृष्ट सांस्कृतिक