पातारासी गाउँपालिकाद्वारा २१७ योजना सम्पन्न « Khabarhub

पातारासी गाउँपालिकाद्वारा २१७ योजना सम्पन्न


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

जुम्ला– पातारासी गाउँपालिकाले गत आर्थिक वर्ष २०८१/८२ मा विभिन्न २१७ वटा विकासे योजना सम्पन्न गरेको छ ।  

पालिकाभित्रका सात वटा वडामा जम्मा २२६ वटा योजना सम्झौता भएकामा २१७ वटा निर्माण सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन शाहीले जानकारी दिए  । वडा नं १ मा २४ वटा योजनामध्ये २२ वटा र वडा नंं २ मा ४२ योजनामध्ये ४० योजना निर्माण भएका छन् । 

यसैगरी वडा नं ३ मा ३९ मध्ये ३३  र  वडा नं ४ मा ३९ मध्ये ३८ वटा योजना निर्माण सम्पन्न भई सञ्चालनमा आएको प्रमुख प्रशासकीय अधिकृत शाहीको भनाइ छ । 

यसैगरी, वडा नं ५ मा २९ योजनामध्ये सबै, वडा नं ६ मा ३४ मध्ये ३१ वटा र वडा नं ७ मा २४ योजनामध्ये सबै निर्माण सम्पन्न भई सञ्चालनमा आएको पातारासी गाउँपालिकाले जनाएको छ । 

 उक्त योजनाका लागि १५ करोड ७६ लाख २२ हजार रुपैयाँ बजेट खर्च भएको छ । यसरी वडा तहमा विनियोजन भएको कूल बजेटको ८१ दशमलव १२ प्रतिशत विकास बजेट खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शाहीले बताए ।

सो गाउँपालिकाले गत आर्थिक वर्षमा १६ लाख ५० हजार रुपैयाँ आन्तरिक राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकामा लक्ष्यभन्दा बढी रु २३ लाख २९ हजार ६४ हजार सङ्कलन गरेको छ । 

प्रमुख प्रशासकीय अधिकृत शाहीले भने, ‘ठेक्का लगाइएका सातमध्ये बहुवर्षीय एक योजनाबाहेक बाँकी छ वटा योजना सम्पन्न भएका छन् । चालु तर्फ २२ करोड ७९ लाख १६ हजार रुपैयाँ मध्ये ८६ प्रतिशत खर्च भएको छ । ‘

पुँजीगत तर्फ १२ करोड ३३ लाख ७१ हजार रुपैयाँ विनियोजन गरिएकामा ६४ प्रतिशत खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शाहीको भनाइ छ ।  रासस

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ४ : ४८ बजे

अशक्तलाई घरमै नागरिकता

काभ्रेपलाञ्चोक– जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले अशक्त एवं अपाङ्गता भएका व्यक्तिलाई घरमै

रास्वपा महाधिवेशन : निर्वाचनअघि हलभित्रै नाचगानमा मन्त्रीदेखि पदाधिकारीसम्म

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय

रूसले भन्यो : आणविक हतियारले मात्र विश्वलाई जोगाउन सक्छ

एजेन्सी– रूसले आणविक हतियारलाई विश्वलाई सम्भावित विश्वयुद्धबाट जोगाउने ‘एकमात्र’ माध्यमका

इरानी आणविक केन्द्रमा फेरि आईएईए निरीक्षण हुने संकेत

टोकियो– संयुक्त राष्ट्रसङ्घअन्तर्गतको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का महानिर्देशक

ताकम र शिवाङमा सडक कालोपत्र

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकम र शिवाङमा पालिकामै पहिलोपटक सडक कालोपत्र