पैसा नजोगिएर हैरान हुनुहुन्छ ? यी हुन् राशी अनुसारका उपाय « Khabarhub

पैसा नजोगिएर हैरान हुनुहुन्छ ? यी हुन् राशी अनुसारका उपाय


१५ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

कतिपय मानिस चाहेर पनि कर्जाबाट मुक्ति पाउँदैनन् । भएको सम्पत्ति अनुसार खर्च बढी हुदा“ वा दैनिक खर्चलाई ब्यवस्थापन गर्न नसक्दा कर्जा लिनुपर्ने अवस्था आउने गर्दछ ।

कमाए पनि पैसा नै नजोगिने समस्याका कारण चिन्तित हुनुहुन्छ होला ? यस्ता समस्याका कारण धेरै पीडित भएका हुन्छन् तर यसको समाधान पनि छ । धर्मशास्त्रका अनुसार राशी अनुसार यसलाई समाधान गर्न सकिन्छ ।

मेष राशी

कर्जाबाट मुक्ति पाउनका लागी मेष राशीका ब्यक्तिले हरीयो रंगको गणेश मुर्ति वा पिपल पातमा गणेश आकृती बनाई पूजा अर्चना गर्नुपर्छ । हरेक बिहान, गणेशलाई दूबो अर्पित गर्नुपर्दछ ।

वृष राशी

वृष राशीका ब्यक्तिले देवी लक्ष्मीको बिषेश आरधना गर्नुपर्दछ । हरेक दिन रातो गुलाफको फुल अर्पित गरी लक्ष्मीको उपसना गर्नुपर्दछ । साथै शुक्रवारका दिन मिश्री दान गर्नुपर्दछ ।

मिथुन राशी

कर्जाबाट मुक्ति पाउन मिथुन राशीका ब्यक्तिले हरेक मंगलवार ब्रत राख्नु पर्दछ । हनुमानजीको बिषेश आरधना गरी हनुमान मुर्तीको पाउ धुदा धनयोगको संयोग बन्नेछ ।

कर्कट राशी

कर्कट राशीका ब्यक्तिले कर्जाबाट मुक्ति पाउन सकेसम्म मांसाहारी भोजन गर्नु हुदैन । सात्विक भोजन गर्नुपर्दछ । साथै हरेक बिहिबार केरा दान गर्नाले समेत कर्जा हट्नेछ ।

सिंह राशी

कर्जाबाट मुक्ति पाउन सिंह राशीका ब्यक्तिले शनिवार पीपलको फेदमा सरस्युको तेलमा दियो बाली दिप दान गर्नु पर्दछ । साथै फलामको औठि धारण गर्नुपर्दछ ।

कन्या राशी

कर्जाबाट मुक्ति पाउन कन्या राशीका ब्यक्तिले शिवजीलाई पानिमा तिल मिसाएर उक्त जल अर्पण गर्नुपर्दछ । साथै शनिवारका दिन पारेर मिठो तथा गुलियो परीकार दान गर्नुपर्दछ ।

तुला राशी
तुला राशीका ब्यक्तिले बिहिबार विष्णु सहस्त्रनामको पाठ गर्नुपर्दछ । सकेसम्म उक्त दिन पहेलो रंगको वस्त्र धारण गरेमा बिशेष लाभ हुने गर्दछ ।

वृश्चिक राशी
कर्जाबाट मुक्ति पाउन वृश्चिक राशीका ब्यक्तिले हरेक मंगलवार हनुमानजी लाई तुलसीको दल अर्पित गर्नुपर्दछ । साथै बुधवार पशुलाई चारो ख्वाउनु पर्दछ ।

धनु राशी
धनु राशीका ब्यक्तिले हरेक बिहान भगवान विष्णु र देवी लक्ष्मीको पुजा उपासना गरे कर्जाबाट मुक्ति मिल्नेछ । साथै हरेक शुक्रवार कन्याहरुलाई सेतो मिठाई बाडेमा तत्काल धनयोग हुनेछ ।

मकर राशी
कर्जाबाट मुक्ति पाउन हरेक बिहान गणेशजीको आरधना र आरती गर्नुपर्दछ । साथै हरेक बुधवार गणेशजी लाई हरीयो रंगको इलाइची अर्पित गरी प्रसन्न बनाएमा धन प्राप्ती हुनेछ ।

कुम्भ राशी
कुम्भ राशीका ब्यक्तिले हरेक सोमवार शिवलिंगमा गंगाजल अर्पित गर्नाले कर्जाबाट मुक्ति पाउनेछन् । सेतो रंगको रुमालमा सेता अक्षता पूजा स्थानमा राखेमा धनयोग बन्नेछ ।

मीन राशी
कर्जाबाट मुक्ति पाउन मीन राशीका ब्यक्तिले नित्य सूर्य देवलाई बिहान जल अर्पित गर्नुपर्दछ । साथै हरेक आइतबार गाईलाई सख्खर र रोटि ख्वाउनाले साता भित्रमा धनयोग बन्नेछ ।

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार  ११ : ०० बजे

पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट

झापा– पूर्वी नाका काँकडभिट्टा भएर भारततर्फ हुने नेपाली चियाको निर्यातमा

ट्रम्पको ‘शान्ति योजना’ सार्वजनिक भएकै समय गाजामा इजरायली आक्रमण: १९ जनाको मृत्यु

गाजा- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाको शान्ति र सुरक्षाका लागि

निर्मल पुर्जाको स्मृतिमा ठोस काम गर्ने मन्त्री महावीर पुनको प्रतिबद्धता

काठमाडौँ – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले दिवंगत पर्वतारोही

धार्मिक पर्यटकलाई लोभ्याउँदै मकवानपुरको ‘सिसमहल’

बागमती– मकवानपुरको हेटौँडा नगरपालिका वडा नम्बर ५ चिसापानी रङ्गपथस्थित श्री

प्रदेशको अस्थिर राजनीतिले बजेट कार्यान्वयनमा सधैँ समस्या

काठमाडौँ- नेपालले २०७२ मा संविधान जारी गर्दै सङ्घीय शासन प्रणाली