गैंडाकोटमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु « Khabarhub

गैंडाकोटमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

नवलपुर- नवलपुरको गैंडाकोटमा आज (आइतबार) ट्रक र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

गैंडाकोटको खरकट्टा जंगलमा ना ५ ख ८४१७ नम्बरको सामान लोड गरेको ट्रक र लु ५५ प ३१३४ नम्बरको स्कुटर आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृतकहरूको सनाखत भइसकेको छैन । ट्रकमुनि दुई जना च्यापिएको अवस्थामा रहेकाले उद्धार प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

गैंडाकोटबाट कावासोतीतर्फ आउँदै गरेको ना ५ ख ८४१७ नम्बरको ट्रकले विपरित दिशाबाट जाँदै गरेको लु ५५ प ३१३४ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार ट्रकमा दुईजना च्यापिएर रहेकोले क्रेनको सहायताले ट्रक हटाउने प्रयास भइरहेको छ ।

ट्रकमा च्यापिएकाको पहिचान भएको छैन । दुर्घटनाको कारण र विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ६ : ५९ बजे

निर्वाचन ४२ दिन बाँकीः पार्टीका उम्मेदवारमा दलितको प्रतिनिधित्व कति ?

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा दलित

ग्रिनल्याण्ड वार्ता तत्काल अघि बढाउन अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्ड अधिग्रहणका सम्बन्धमा तत्काल

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ ८ गते बिहीबार माघ

आज २०८२ साल माघ ८ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ८ गते बिहीबार माघ