खोटाङको सापातेलमा चिहानबाट शव निकालेर अनुसन्धान गर्दै प्रहरी « Khabarhub

खोटाङको सापातेलमा चिहानबाट शव निकालेर अनुसन्धान गर्दै प्रहरी


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

खोटाङ – दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बुस्थित सापातेलमा स्थानीय गोविन्द बस्नेतका दुई छोराछोरी मृत भेटिएको घटनामा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

यही साउन २२ गते बस्नेतकी ११ वर्षीया छोरी मेनिषा र छ वर्षीय छोरा मेगराज जङ्गलमा मृत भेटिएका थिए । यसबारे प्रहरीलाई जानकारी नै नदिएर अन्तिम संस्कार गरिएपछि प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको हो ।

यसै क्रममा आज अन्तिम संस्कार गरिएको स्थानबाट शव उत्खनन् गरेर प्रहरीले अनुसन्धान सुरु गरेको छोरम्बुका पूर्ववडाध्यक्ष इन्द्रबहादुर बस्नेतले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक सुशान्त मिश्रले दुई जनाको मृत्यु हुने गरी भएको घटनाबारे प्रहरी प्रशासनलाई जानकारी नै नदिएको विषय थाहा पाएपछि अनुसन्धानका लागि शव उत्खनन् गरिएको बताए ।

“सापातेलमा भएको घटनाबारे शव अन्त्येष्टि गरिसकेपछि मात्रै प्रहरीमा जानकारी प्राप्त भयो । दुर्घटना तथा आत्महत्याका घटनामा ज्यान गुमाएका मृतकको शव परीक्षणपछि मात्रै कानुनी प्रक्रिया पूरा गरेर दाहसंस्कार गर्नुपर्ने प्रावधान छ”, उनले भने।

गत बिहीबार बस्नेतका तीन छोराछोरीसहित छ जना बालबालिका सम्पर्कविहीन भएका थिए । सोही दिन खोजी गर्ने क्रममा साझ अन्य चार जना नजिकैको ओडारमा सकुसल पाइए पनि दुई जना मृत भेटिएका थिए ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  १० : १७ बजे

सुरुङमा फसेकाको उद्धारमा विदेशी सहयोग नलिएको भन्दै कांग्रेसको आपत्ति

काठमाडौँ । नेपाली कांग्रेसले १० भदौको रसुवाको भोटेकोशीमा गएको भीषण

‘सरकार बाढीपीडितसम्म पुग्नै सकेन, मन्त्री र सांसदहरू सामाजिक सञ्जालमा रमाइरहेका छन्’

काठमाडौँ । नेकपा (एमाले)की सांसद रामकुमारी झाँक्रीले सरकार बाढीपीडित नागरिकसम्म

जलवायु परिवर्तनका कारण भोटेकोशीमा बाढी आयो : प्रधानमन्त्री शाह

प्रधानमन्त्री शाहले यस घटनाले हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने

भोटेकोशी बाढी : एक हजार ६८ शव भेटिए, चार हजार ६०६ सम्पर्कविहीन

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान आएको