बारा ट्राफिक प्रहरीद्वारा दुई करोड राजस्व सङ्कलन « Khabarhub

बारा ट्राफिक प्रहरीद्वारा दुई करोड राजस्व सङ्कलन


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

बारा – जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढ, बाराले आर्थिक वर्ष २०८१/८२ मा सवारीसाधनका चालकलाई दण्ड जरिवाना बापत रु दुई करोड दुई लाख ४२ हजार राजस्व सङ्कलन गरेको छ ।

प्रहरी निरीक्षक दीपक केसीका अनुसार जिल्लाको विभिन्न ठाउँमा रहेका ट्राफिक प्रहरी एकाइले सवारीसाधन जाँच गर्ने क्रममा ट्राफिक नियम विपरीत सवारीसाधन सञ्चालन गरेका चालकबाट जरिवाना बापत सो रकम सङ्कलन गरेको हो ।

आर्थिक वर्ष २०८१/८२ मा साना ठूला गरी कुल एक हजार १२१ सवारीसाधन दुर्घटनामा परेका थिए । ती घटनामा ९३ जनाको मृत्यु भएको प्रहरी निरीक्षक केसीले जानकारी दिए। मृतकमा ७१ पुरुष, ११ महिला, ७ बालक र ४ बालिका रहेका थिए ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  १० : ४७ बजे

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन

यी भूभागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६