परराष्ट्रमन्त्री राणाले भनिन्- नेपालगञ्ज दिल्ली सिधा उडानका लागि पहल गर्छु « Khabarhub

परराष्ट्रमन्त्री राणाले भनिन्- नेपालगञ्ज दिल्ली सिधा उडानका लागि पहल गर्छु


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालगञ्ज र भारतको नयाँदिल्ली सिधा उडानका लागि आफूले सक्दो पहल गर्ने बताएकी छन् ।

नेपालगञ्ज दिल्ली उडानका लागि पहल गरिदिन आग्रह गर्दै सोमबार मन्त्रालयमा आएका बाँकेका प्रमुख राजनीतिक दलका नेता, सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने बाँके र बर्दियाका सांसद, उद्योगी व्यवसायी, नागरिक समाजका प्रतिनिधि एवं अन्य सरोकार भएकाहरूसँग उनले सो प्रतिबद्धता व्यक्त गरेकी हुन् । 

मन्त्री डा राणाले भनिन्, ‘सो उडानका लागि मैले पहिलेदेखि नै पहल गरिआएकै छु । नेपालगञ्ज दिल्ली उडानको एजेण्डालाई हामी प्राथमिकतामा राखेका छौँ । यो उडानले नेपाल र भारतलाई नै पारस्परिक लाभ पुग्ने र कनेक्टिभीटी जति बढाउन सक्यौँ त्यति धेरै नेपाललाई फाइदा पुग्ने भएकाले म यो उडानका लागि लागिपर्नेछु ।’
 
उनले नेपाल र भारतका बीचमा कनेक्टिभिटी बढाउन सक्दा मात्र पर्यटन, पारवहन, उद्योग व्यापार तथा जनसम्पर्क लगायतमा बृद्धि हुने र यसबाट दुवै पक्षलाई लाभ पुग्ने बताइन् । 

यो उडानले पश्चिम नेपालको अर्थतन्त्रमा उल्लेख्य योगदान पुग्ने र त्यस क्षेत्रको मुहार नै फेरिने बताउँदै मन्त्री डा राणाले नेपालगञ्जमा पनि होटल लगायतका आवश्यक पर्यटन पूर्वाधारहरु बनिसकेकाले नेपालगञ्ज दिल्ली उडानका लागि आफू गम्भीरताका साथ लाग्ने बताइन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणमा यस विषयलाई प्राथमिकताको एजेण्डाका रुपमा समावेश गरिदिन बाँके र बर्दियाका उद्योगी व्यवसायी तथा राजनीतिक दलसहितको सर्वपक्षीय टोलीले आज मन्त्री डा राणालाई भेटेर सो आग्रह गरेको हो । 

त्यस अवसरमा उनीहरुले नेपालगञ्जलाई ‘मानसरोवर गेटवे’ का रूपमा स्थापित गर्नका लागि नेपालगञ्ज–दिल्ली सिधा उडान अपरिहार्य रहेको बताउँदै यसबाट सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका करिब २५ जिल्लाका बासिन्दालाई प्रत्यक्ष लाभ पुग्ने उल्लेख गरेका थिए । 

उनीहरुले सो विमानस्थलबाट प्रतिघन्टा ६०० यात्रुलाई सेवा दिन सकिने र यस उडानका लागि आवश्यक सबै पूर्वाधारहरु निर्माण पनि भइसकेका जानकारी गराएका थिए ।
 

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ३ : ०८ बजे

दाङमा मुटुको ‘एन्जियोप्लाष्टि’ सेवा सुरु

तुलसीपुर– दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुको एनजियोप्लाष्टि सेवा

एमसीसीमै अमेरिकी विशेष दूतको चासो, दुई मन्त्रीलाई भेटेर के के भने ?

काठमाडौं– दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी विशेष दूत सर्जिओ

कविता : भो ! नजाऊ लुम्बिनी

भत्काएर बुद्धका वाणी पुज्ने गुम्बा,भुइँभरी छरेर बुद्धका मूर्ति,किन जान्छौ ?बुद्धको

अन्तर्राष्ट्रिय श्रमिक दिवस : ट्रेड युनियन अधिकारबारे विमर्श

काठमाडौं– पेसागत महासङ्घ नेपालले १३८औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा ‘ट्रेड