भदौको पहिलो साता ‘हिन्दु कुश हिमालय संसदीय सम्मेलन’ आयोजना गर्ने | Khabarhub Khabarhub

भदौको पहिलो साता ‘हिन्दु कुश हिमालय संसदीय सम्मेलन’ आयोजना गर्ने


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले भदौको पहिलो साता काठमाडौंमा ‘हिन्दु कुश हिमालय संसदीय सम्मेलन’ आयोजना गर्ने भएको छ ।  

समितिले सोमबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै वन, परराष्ट्र, राष्ट्रिय योजना आयोगको समन्वय र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को प्राविधिक सहयोगमा आगामी भदौ २ र ३ गते काठमाडौंमा हिन्दु कुश हिमालय संसदीय सम्मेलन आयोजना गर्न लागिएको जनाएको हो । 

राष्ट्रपति रामचन्द्र पौडेलबाट उद्घाटन हुने सम्मेलनमा नेपालका साथै भारत, चीन, बंगलादेश, भूटान, म्यानमार र पाकिस्तानका प्रतिनिधिहरूको सहभागिता रहने समितिका सदस्य सांसद वीरबहादुर बलायरले जानकारी दिए ।  सम्मेलनमा क्रममा जलवायु परिवर्तन, वातावरण प्रदूषण र जैविक विविधताका विषयमा छलफल हुने उनले बताए। 

हिन्दुकुश क्षेत्रमा जैविक विविधताको क्षति, वायु प्रदूषण, तीव्र आर्थिक तथा सामाजिक परिवर्तनले मानव जीवनमा पारेको गम्भीर असरहरू बारे ज्ञान आदान–प्रदान गर्न आयोजना लागेको सम्मेलन निकै महत्त्वपूर्ण हुने समितिले जनाएको छ । वातावरणमा आइरहेको परिवर्तनले हिमालय क्षेत्रमा परिरहेको प्रभावका विषयमा सम्मेलनमा छलफल हुने समिति सभापति कुशुमदेवी थापाले जानकारी दिइन् ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ३ : ४६ बजे

गाईजात्रा महोत्सव : नाचघरमा ‘कमेडी नाइट विथ च्याम्पियन्स’ (तस्बिरहरू)

काठमाडौं – सांस्कृतिक संस्थानले राष्ट्रिय नाचघरमा शनिबारदेखि सुरु गरेको ‘गाईजात्रा

सुनसरी दुर्घटना अपडेट : मृतकको सङ्ख्या पाँच पुग्यो

सुनसरी – सुनसरी भोक्राहा–नरसिंह गाउँपालिका–३ जलुवा टोलस्थित पूर्व–पश्चिम राजमार्गमा आज

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।

शंकर पोखरेलले भने : पार्टीका आन्तरिक विषय सम्बन्धित बैठकमा छलफल गर्नुपर्छ

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीका आन्तरिक विषय

अलास्कामा हुने ट्रम्प–पुटिन वार्ताः रणनीतिक महत्वको समीक्षा

मस्को – आगामी शुक्रबार अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका