भदौको पहिलो साता ‘हिन्दु कुश हिमालय संसदीय सम्मेलन’ आयोजना गर्ने « Khabarhub

भदौको पहिलो साता ‘हिन्दु कुश हिमालय संसदीय सम्मेलन’ आयोजना गर्ने


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले भदौको पहिलो साता काठमाडौंमा ‘हिन्दु कुश हिमालय संसदीय सम्मेलन’ आयोजना गर्ने भएको छ ।  

समितिले सोमबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै वन, परराष्ट्र, राष्ट्रिय योजना आयोगको समन्वय र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को प्राविधिक सहयोगमा आगामी भदौ २ र ३ गते काठमाडौंमा हिन्दु कुश हिमालय संसदीय सम्मेलन आयोजना गर्न लागिएको जनाएको हो । 

राष्ट्रपति रामचन्द्र पौडेलबाट उद्घाटन हुने सम्मेलनमा नेपालका साथै भारत, चीन, बंगलादेश, भूटान, म्यानमार र पाकिस्तानका प्रतिनिधिहरूको सहभागिता रहने समितिका सदस्य सांसद वीरबहादुर बलायरले जानकारी दिए ।  सम्मेलनमा क्रममा जलवायु परिवर्तन, वातावरण प्रदूषण र जैविक विविधताका विषयमा छलफल हुने उनले बताए। 

हिन्दुकुश क्षेत्रमा जैविक विविधताको क्षति, वायु प्रदूषण, तीव्र आर्थिक तथा सामाजिक परिवर्तनले मानव जीवनमा पारेको गम्भीर असरहरू बारे ज्ञान आदान–प्रदान गर्न आयोजना लागेको सम्मेलन निकै महत्त्वपूर्ण हुने समितिले जनाएको छ । वातावरणमा आइरहेको परिवर्तनले हिमालय क्षेत्रमा परिरहेको प्रभावका विषयमा सम्मेलनमा छलफल हुने समिति सभापति कुशुमदेवी थापाले जानकारी दिइन् ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ३ : ४६ बजे

रसुवाको कालिका–५ का वडाध्यक्षको अपील : जनता दिनदिनै मर्दै छन्, बाँचेकालाई थप मर्न नदिनुस्

रसुवा– रसुवाको कालिका गाउँपालिका–५ का वडाध्यक्षले गम्भीर हृदयाघात भएका बिरामीको

पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत

चितवन– रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा

भोटेकोशी बाढी : तीन हजारको उद्धार, १५ सय बढी बेपत्ता

नुवाकोट– भोटेकोशी नदीमा आएको बाढीमा अलपत्र अवस्थामा रहेका तीन हजारभन्दा

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष

भोजपुर– भोजपुरमा यस वर्ष रुद्राक्षको कारोबार सुरु भएको छ ।