‘जारी २’को टिजरमा पनि देखियो दयाहाङ–मिरुनाको नोकझोँक « Khabarhub

‘जारी २’को टिजरमा पनि देखियो दयाहाङ–मिरुनाको नोकझोँक


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कवि उपेन्द्र सुब्बाको निर्देशनमा बनेको तेस्रो फिल्म ‘जारी २’को टिजर सार्वजनिक भएको छ ।

निर्माण पक्षले सोमबार बिहान युट्युबमार्फत् टिजर सार्वजनिक गरेको हो । टिजरले फिल्मको कथा लिम्बू समुदायको पहिचान च्याब्रुङ केन्द्रित रहेको छ ।

टिजरको सुरुवातमै संवाद छ, ‘च्याब्रुङ नाच्न अनाउने लिम्बू त नाङ्गो पहाड जस्तो हो ।’ अर्थात्, फिल्मको कथा लिम्बू संस्कृतिसँग जोडिएको टिजरले खुलाएको छ ।

यो हिट फिल्म ‘जारी’को सिक्वेल हो । दयाहाङ राई र मिरुनाको जोडीलाई सिक्वेलमा देखाइएको छ ।

अघिल्लो श्रृङ्खलाको अन्तिममा दयाहाङ–मिरुनाको छोरी जन्मिएको देखाएको थियो । टिजरमा उनीहरुको छोरी हुर्किइसकेको देखाइएको छ ।

यो जोडीको वैवाहिक सम्बन्ध बिग्रिएको कथामा ‘जारी’ बनेको थियो । यो कथा नै उनीहरुको नोकझोँकले वैवाहिक सम्बन्ध बिग्रिएको कथामा उक्त फिल्म बनेको थियो

‘जारी २’को टिजरमा पनि यो जोडीको नोकझोँक देखाइएको छ । यसले फिल्मप्रति दर्शकको आकर्षण बढाउन सक्छ ।

यस फिल्मको निर्देशक र लेखक उपेन्द्र सुब्बा हुन् । बासुरी फिल्मस र कबड्डी फिल्मको सहकार्यमा बनेको यस फिल्मका निर्माताहरु रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङ हुन् ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ४ : २९ बजे

हर्क साम्पाङले दर्ता गराए उम्मेदवारी

काठमाडौं- धरान उपमहानगरपालिकाका निवर्तमान मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष

बालेन उम्मेदवारी दिन जाँदा… (तस्बिरहरू)

झापा– प्रतिनिधि सभा सदस्यका लागि बालेन्द्र (बालेन) साहले मंगलबार मध्यान्ह

लामो समय नदेखिएका दाजु रामशरणको तस्बिर प्रकाशशरणले राखे सामाजिक सञ्जालमा

काठमाडौं– लामो समयदेखि सार्वजनिक रूपमा नदेखिएका पूर्व अर्थमन्त्री डा. रामशरण

ओलीलाई दमकका मेयरले भने- जसले मेरो घर जलाए उनैले बालेनलाई भाडामा राखेका छन्

दमक– दमक नगरपालिकाका मेयर राम थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई

गायिका नेहा कक्कडको पोस्टले डिभोर्ससम्मको अफवाह

काठमाडौं– बलिउडकी चर्चित गायिका नेहा कक्कड फेरि एकपटक चर्चामा आएकी