आफैंले बनाएको मदन भण्डारी फाउन्डेसनमाथि खनिए ओली, ‘पाखण्डी’ले ठगी खाने भाँडो बनाएको आरोप « Khabarhub

आफैंले बनाएको मदन भण्डारी फाउन्डेसनमाथि खनिए ओली, ‘पाखण्डी’ले ठगी खाने भाँडो बनाएको आरोप


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी फाउण्डेसन पाखण्डीहरूले कब्जा गरेको आरोप लगाएका छन् ।

पार्टी मुख्यालय च्यासलमा ‘मदन–आश्रित स्मृति प्रतिष्ठान’का नवनियुक्त अध्यक्ष प्रदीप ज्ञवालीसहितका पदाधिकारीलाई सपथ ग्रहण गराउँदै उनले फाउन्डेसनलाई ‘ठगी खाने भाँडो’ बनाइएको टिप्पणी गरे।

कुनै बेला एमालेमा आफू संकटमा परेका बेला फाउन्डेसनमार्फत् राजनीति गरेका ओ‌लीले अहिले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पकडमा रहेपछि आक्रोश पोखेका हुन् ।

उक्त संस्था मदन भण्डारीकै विचारविपरीत अघि बढिरहेको आरोप पनि उनले लगाए । फाउनडेशनका पदाधिकारीहरूको व्यवहार र अभिव्यक्तिले त्यसलाई पुष्टि गरेको जिकिर उनले गरे।

‘पार्टीका सम्मानित नेताको नामा स्थापना गरिएका संस्थाहरू सही बाटोमा हिडनुपर्छ । साँच्चिकै काम गर्छ कि ठगी खाने भाँडो बन्छ भन्ने हेर्न जरुरी छ’, उनले भने, ‘नेताहरूका नाममा बनाइएका प्रतिष्ठानहरू ठगी खाने भाँडो बनाउने परिपार्टी हुनुहुन्न । नेताको आदर्श पच्छ्याउन सक्नुपर्छ ।’

उनले सामूहिक संस्था हुनुपर्ने पनि बाए । ‘मदन भण्डारी फाउन्डेशन पार्टीले बनाएको होइन । हामी मिलेर बनाएको हो’, उनले भने, ‘मदन भण्डारी र जीवराज आश्रितको जन्मदिन मनाउन नपाइने भएपछि मदन-आश्रित स्मृति प्रतिष्ठान बनाउनु परेको हो ।’

उनले आगामी दिनमा भदन भण्डारी फाउन्डेशन कसरी जान्छ ? त्यो हेर्न बाँकी रहेको पनि बताएका छन् । फाउन्डेशनमा अहिले मदन पुत्री उषाकिरण अध्यक्षको भूमिकामा छिन् ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ४ : ३८ बजे

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल

‘जेन-जीका नाममा मलाई ग्यास च्याम्बरमा हालेजस्तै जलाएर मार्न खोजियो’

काठमाडौँ – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार तीन महिनाको

तीन महिनाको उपचारपछि स्वदेश फर्किइन् झलनाथ पत्नी रविलक्ष्मी (तस्बिरहरू)

काठमाडाैं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार तीन महिनासम्म