‘श्रम मन्त्रालय डिजिटल युगलाई आत्मसात गर्दै अघि बढ्दैछ’ « Khabarhub

‘श्रम मन्त्रालय डिजिटल युगलाई आत्मसात गर्दै अघि बढ्दैछ’


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव डा. कृष्णहरि पुष्करले डिजिटल युगलाई आत्मसात गर्दै श्रम मन्त्रालय अघि बढेको बताएका छन्। मन्त्रालयले नयाँ डिजिटल पद्धति थप्दै लगेको उनले बताए।

अब उप्रान्त समग्र श्रम, रोजगार तथा सामाजिक सुरक्षा प्रणाली प्रविधिमार्फत हुने सचिव डा पुष्करले जानकारी दिए ।  मन्त्रालयमा आज आयोजित छलफल कार्यक्रममा उनले श्रमचक्रको समग्र प्रक्रियालाई डिजिटलाइजेसन ब्लुप्रिन्टले ध्यान दिएको उल्लेख गर्दै प्राथमिकतासाथ कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे।     

‘स्वीस कन्ट्याक्ट’बाट श्रम संसार र रेमी परियोजनाबाट श्रम बजार सूचना प्रणालीको प्राविधिक दस्तावेजको कार्यान्वयनबाट ब्युरोक्रेसीलाई डिजिटलक्रेसीमा रुपान्तरण गर्न लागिएको उनको भनाइ थियो । सचिव डा पुष्करले डिजिटलाइजेसन र श्रम बजार सूचना प्रणालीको विकास कार्यमा विकास साझेदार एसडिसी, स्वीस कन्ट्याक्ट र रेमी परियोजनाको योगदानबारे चर्चा गरे। 

‘मान्छे दौडिने नभइ प्रणाली दौडिनुपर्ने पद्धतिको विकास हुन लागेको छ । सीमित श्रोत र साधन हुँदाहुँदै श्रम संसारको प्रयोगलाई व्यापकता दिएका छौँ’, उनले भने। 

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ४ : ३९ बजे

प्रधानमन्त्री पत्नी काफ्लेले भनिन् : सुरक्षाकर्मीले बाेकेको ब्याग मेरो होइन

काठमाडौं – प्रधानमन्त्री बालेन शाहकी पत्नी सविना काफ्लेले आफ्नो ब्याग

रास्वपा महाधिवेशन : मतदान समय आधा घण्टा पछि सारियो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने १९ वर्षीय युवक पक्राउ

काठमाडौं – सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा चन्द्रागिरी

बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरमा बुधबार पहिरोमा पुरिएको गाडीबाट

रास्वपाको महाधिवेशन : नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनको भरतपुरमा जारी प्रथम