काठमाडौं – टिकटकबाट चर्चामा आएर ठूलो पर्दाको अभिनयमा होमिने कलाकारको संख्या बढ्दो छ । नायिक गरिमा शर्मा र नायक पारम बम ‘कुल ब्वाइ’ यसका मुख्य उदाहरण हुन् ।
अर्का टिकटकर आयुष सिंह ठकुरीले पनि फिल्म ‘राम नाम सत्य’ साइन गरिसकेको छ । उनले फिल्ममा अभिनय गर्ने पक्का छन् ।
टिकटकबाट चर्चामा आएर म्युजिक भिडियो हुँदै फिल्ममा अभिनय गर्नेको सूची तयार गर्ने हो भने लामै बन्छ ।
यही सूचीमा टिकटकर आभा ढुङ्गाना पनि थपिएकी छन् । उनी फिल्म ‘कश्यप’को शीर्ष नायिकाका लागि अनुबन्ध भएको खबर छ ।
दिनेश जी खड्काको निर्देशनमा आभाको अभिनय रहने निर्माण पक्षले सोमबार सार्वजनिक गरेको हो ।
निर्देशक खड्काका अनुसार कथाले नयाँ अनुहारको माग गरेकाले आभालाई फिल्ममा अनुबन्ध गरिएको हो । उनले भने, ‘उहाँको प्रभिता र प्रस्तुतीलाई ध्यानमा राखेर स्किन टेस्ट गरेरै फाइलन गरेका हौं ।’
निर्माण पक्षले दिएको जानकारी अनुसार आभाले यो फिल्ममा एक्सन अवतारमा प्रस्तुत हुनेछिन् । उनी अहिले एक्सन प्रशिक्षणमा व्यस्त छिन् ।
आभा भन्छिन्, ‘यो फिल्मको कथा उत्कृष्ट छ । यो फिल्म उत्कृष्ट बन्छ भन्ने आशा छ । मैले पनि मिहिनेत गरिरहेको छु ।’
यस फिल्मको नायकमा सविन श्रेष्ठ फाइनल भइसकेका छन् । निर्माण पक्षले छायाङ्कन मिति भने सार्वजनिक गरेको छैन ।
प्रतिक्रिया