एउटै माछाले बनायो मालामाल « Khabarhub

एउटै माछाले बनायो मालामाल


१५ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोहि मानिस रातारात धनि भएको सुन्नु भएको छ ।

धनि हुन मानिसले बर्षौ मेहनत गरेर धन सञ्चय गर्नुपर्ने हुन्छ । दैनिक खर्चमा कटौती गर्नुपर्छ र बचतमा ध्यान दिनुपर्छ ।

तर भारतको उडिसाका माछा मार्ने एक ब्यक्ति लखपती बन्न न त उनको मेहनत नै काममा आयो न त कुनै बचत नै गर्नुपर्यो ।

मात्र एक माछाका कारण उनी साढे सात लाख भारतीय अर्थात १२ लाख नेपाली रुपैयाका धनि बनेका छन् ।

हुनत जो कोहिले पनि एक माछाका कारण लखपती बनेको कुरा पत्याउदैनन् । किनकी एक माछाको दाम अधिकतम कति पर्ला ?

तपाईको जवाफ हुनसक्छ उन्नत जातको ठुलो माछा भए बढिमा दुई चार हजार पर्ला । तर उडिसा चन्दवलीका ती माछा मार्ने ब्यक्तिले मात्र एक माछा बेचेर ७ लाख ४९ हजार भारतीय रुपैया पाएका छन् ।

चन्दबली इलाकाको धामरा समुन्द्रतटमा दैनिकजसो माछा मार्ने यी ब्यक्तिको जालमा एक अनौठो प्रजातिको माछा पर्यो ।

जसको बजार मुल्य ११ हजार (नेपाली) रुपैया भन्दा बढि थियो । कुल १ सय ७ किलोग्रामको उक्त माछालाई चेन्नईको एक औषधि उत्पादक कम्पनीले साढे ७ लाख भारुमा किनेपछि ति माछा मार्ने ब्यक्तिको जीवनी नै फेरिएको छ ।

उक्त अनौठो प्रकारको माछा ड्रोन सागर प्रजातिको रहको छ । यस प्रकारको माछा फोक्सो तथा छालाको औषधि र सौन्दर्य सामाग्री बनाउन प्रयोग गरीन्छ ।

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार  १ : २९ बजे

पाकिस्तानमा प्रहरीलाई लक्षित गरी गरिएको विस्फोटमा ७ जनाको मृत्यु

इस्लामावाद- पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा मङ्गलबार प्रहरीको गाडीलाई लक्षित

इरानले सैन्य उद्देश्यका लागि पाकिस्तानी भूमिमा विमान राखेको छैन : पाकिस्तान

एजेन्सी– पाकिस्तानी नूर खान एयरबेसमा सैन्य उद्देश्यका लागि इरानी विमान

पाकिस्तानमा तीन महिनामा ३७० जना भन्दा बढी अफगान नागरिक मारिए : राष्ट्रसङ्घ

इस्लामावाद- चालु वर्षको पहिलो तीन महिनामा सरकारी सेना र पाकिस्तानबीचको

नीति तथा कार्यक्रममाथि छलफल चल्दा पूरा बैठकमा बसे अर्थमन्त्री वाग्ले

काठमाडौं- सरकारले ल्याएको नीति तथा कार्यक्रम माथि छलफल चलिरहँदा अर्थमन्त्री

भारतीय राजदूत र मन्त्री मेहताबीच छलफल, स्वास्थ्य क्षेत्रमा सहकार्यबारे कुराकानी

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहता र नेपालका लागि भारतका