सेवाकालीन तालिम बढुवाका लागि अङ्कको दौड होइन, परिणाममुखी हुनुपर्छ : मन्त्री न्यौपाने « Khabarhub

सेवाकालीन तालिम बढुवाका लागि अङ्कको दौड होइन, परिणाममुखी हुनुपर्छ : मन्त्री न्यौपाने


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सेवाकालीन तालिमलाई बढुवाका लागि अंक प्राप्त गर्ने माध्यमका रूपमा सीमित राख्न नहुने बताएकी छन्। उनले तालिमलाई कार्यक्षेत्रमा दक्ष, चुस्त–दुरुस्त र जनमुखी सेवा प्रवाह गर्न सक्नेगरी प्रभावकारी प्रशिक्षणका रूपमा विकसित गर्नुपर्नेमा जोड दिइन् ।

मन्त्रालयअन्तर्गत स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको आयोजनामा प्रदेश र स्थानीय तहमा कार्यरत अधिकृतस्तरका कर्मचारीका लागि ३२ दिने सेवाकालीन तालिमको सोमबार शुभारम्भ गर्दै उनले तालिमबाट कार्यक्षेत्रमा आवश्यक ज्ञान र सीप प्राप्त हुने विश्वास व्यक्त गरिन्। 

मन्त्री न्यौपानेले सबै सेवा समूहका कर्मचारीलाई एउटै ढाँचामा तालिम दिने प्रवृत्तिले अपेक्षित नतिजा ल्याउन नसक्ने बताउँदै सम्भव भएसम्म सेवा समूहअनुसार विशिष्ट ज्ञान तथा सीप प्रदान गर्ने तालिम प्रणाली विकास गर्नुपर्ने बताइन्।

मन्त्री न्यौपानेले यस प्रकारका प्रशिक्षणले प्रशासनिक कार्यसम्पादनमा गुणस्तरीय सुधार ल्याएर जनताको विश्वास पुनःस्थापित गर्ने, उत्तरदायित्व अभिवृद्धि गर्ने र नीति–कार्यन्वयन प्रक्रियालाई तीव्र बनाउन सहयोग पुर्‍याउने धारणा राखिन् । 

कार्यक्रममा मन्त्रालयका उपसचिव, प्रतिष्ठानका कार्यकारी निर्देशक, वरिष्ठ प्रशिक्षकलगायतको सहभागिता रहेको थियो । त्यस अवसरमा तालिमका लक्ष्य, कार्ययोजना र विषयवस्तुबारे जानकारी गराइएको थियो । 

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ६ : २५ बजे

पोखरामा महिला गोल्डकप सुरु, पुलिस क्लबको विजयी सुरुवात

काठमाडौं– आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा शुक्रबारदेखि महिला गोल्डकप

बालेनलाई गगनले भने : कानुनी बाटोभन्दा डोजर अभियान ठूलो हुन सक्दैन

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुकुम्वासी बस्ती हटाउने सरकारी

परराष्ट्रमन्त्रीसँग अमेरिकी विशेष दूतको भेट, द्विपक्षीय लगानी र व्यापार प्रवर्द्धनमा जोड 

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपाल भ्रमणमा रहेका संयुक्त राज्य अमेरिकाका

पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्ग निर्देशक हुन् : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान परिवर्तित राजनीतिक परिवेशमा पनि राष्ट्रिय

अब मौन व्रत तोड्नुपर्ने अवस्था आयो : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जनताले दिएको म्यान्डेडअनुसार ठिक