कमल हासन मुछिए विवादमा, आयो ज्यान मार्ने धम्की « Khabarhub

कमल हासन मुछिए विवादमा, आयो ज्यान मार्ने धम्की


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण भारतीय अभिनेता तथा राजनीतिज्ञ कमल हासन हाल सनातन धर्मबारे दिएको टिप्पणीका कारण विवादमा परेका छन्। उनको टिप्पणीपछि बहिष्कारको माग चर्किँदै जाँदा, अब उनलाई मृत्युको धम्कीसमेत आएको छ। 

तमिल स्टार सूर्यको एनजिओ अग्रम फाउन्डेसन को १५ वर्षे समारोहमा हसनले केन्द्र सरकारको राष्ट्रिय योग्यता र प्रवेश परीक्षालाई ‘धेरै एमबीबीएस आकांक्षीको सपना तोड्ने र सनातन धर्मको गलत परिणाम’ भन्दै आलोचना गरेका थिए।

राज्यसभा सांसद तथा मक्कल निधि मैयमका संस्थापक समेत रहेका हासनले शिक्षा मात्र देश परिवर्तनको हतियार भएको दाबी गर्दै, ‘अधिनायकवाद र सनातनको जञ्जाल तोड्न शिक्षा नै प्रभावकारी साधन हो’ भन्ने अडान दोहोर्‍याए।

यो टिप्पणीपछि उनलाई सामाजिक संजाल र सार्वजनिक कार्यक्रममा आलोचना गर्न थालिएको छ। भारतीय मिडिया टाइम्स अफ इंडियाका अनुसार टेलिभिजन अभिनेता रविचन्द्रनले युट्युब अन्तर्वार्तामा हसनलाई ‘अनुभवहीन राजनीतिज्ञ’ भन्दै उनको ‘घाँटी रेट्ने’ धम्की दिएका छन्।

तमिलनाडु भाजपा इकाइले यस विषयमा कडा प्रतिक्रिया जनाउँदै हसनका फिल्महरूको बहिष्कारको माग गरेको छ। भाजपाकी वरिष्ठ नेतृ तमिलिसाई सौन्दरराजनले पनि हसनमाथि हिन्दू मूल्यहरूको अपमान गरेको आरोप लगाउँदै उनको वक्तव्यको निन्दा गरेकी छिन्।

हाल यो विषयमा राजनीतिक र सामाजिक दुवै तहमा बहस चर्किएको छ, जसले धार्मिक आस्था, अभिव्यक्ति स्वतन्त्रता र सार्वजनिक व्यक्तित्वको जिम्मेवारीबारे नयाँ प्रश्न उठाएको छ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  ३ : १४ बजे

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइने

ललितपुर– ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नारासहित

कस्तो आउला मौद्रिक नीति ?

काठमाडौं– नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको लागि नयाँ मौद्रिक

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौं- कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापक रूपमा फैलिएको छ

‘सेलिब्रटीलाई अपराध गर्न छुट हो ?’

काठमाडौं- नाबालिग तथा विभिन्न युवतीसँग अवाञ्छित संवाद गरेको स्क्रिनसट सामाजिक

लोकतन्त्र र वामपन्थी आन्दोलन सिध्याउन भदौ २३ र २४ गते प्रतिगामी षडयन्त्र भयो : ओली

काठमाडौं- पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत