रास्वपामा फर्किने मुकुलको प्रयासलाई सर्वोच्चले स्वीकारेन, रिट नै खारेज « Khabarhub

रास्वपामा फर्किने मुकुलको प्रयासलाई सर्वोच्चले स्वीकारेन, रिट नै खारेज


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


531
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक महामन्त्री मुकुल ढकालले पुन: उक्त पदमा फर्काउन माग गर्दै दायर गरेको रिटलाई सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

मंगलबार न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासमा सुनुवाइ सकिएपछि रिट नै खारेज गर्ने निर्णय आएको हो । सर्वोच्चले ढकालको रिट खारेजीसँगै निर्देशनात्मक आदेश पनि जारी गरेको छ । तर उक्त आदेशमा के छ भन्ने आदेशको पूर्णपाठ नआएकाले खुलिसकेको छैन ।

ढकालले आफू नै रास्वपाको वैधानिक महामन्त्री भएको दाबी गर्दै त्यही हैसियतमा काम गर्न पाउनुपर्ने मागसहित सर्वोच्चमा रिट दायर गरेका थिए ।

यसअघि उनको रिटमा न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासले विवादित विषयमा गरिएका निर्णय र पत्राचारसम्बन्धी सबै कागजात झिकाउने आदेश दिएको थियो।

त्यसभन्दा पहिले असार १२ गते न्यायाधीश कुमार रेग्मीको इजलासले रास्वपा नेतृत्वसँग लिखित जवाफ माग गर्दै अन्तरिम आदेश जारी गर्ने-नगर्ने विषयमा दुवै पक्षलाई छलफलमा बोलाएको थियो। तर अन्तरिम आदेशबारे निर्णय भएको थिए ।

ढकाललाई २०८१ असार २६ गते पार्टीहितविपरीत गतिविधि गरेको आरोपमा रास्वपा साधारण सदस्यसमेत नरहने गरि हटाइएको थियो। रास्वपाले हटाएपछि उनले आफूलाई ’रविको क्लब’बाट निकालिएको बताएका थिए । तर पछि उनी महामन्त्री पद दाबी गर्दै अदालत पुगेका थिए।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  ५ : ४० बजे

सतचालिस प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम

काठमाडौं– रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयले ४७ जना प्रहरीलाई ट्राफिक

वाणिज्य विभागको बजार अनुगमन, एक फर्मलाई ५० हजार रुपैयाँ जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई ५०

विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित

काठमाडौं – आइसिसी टी-२० विश्वकप तयारीमा रहेको नेपाली राष्ट्रिय टिम

प्रतिनिधिसभा सदस्य निर्वाचन : सबैभन्दा बढी रुपन्देही र कम मुस्ताङमा उम्मेदवारी

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि

आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव कायमै, तराईमा हुस्सुको पीडा उस्तै

काठमाडौं – हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ।