गाईजात्रामा दर्शक हँसाउँदै ‘माइकल’ र ‘घरबेटी’ « Khabarhub

गाईजात्रामा दर्शक हँसाउँदै ‘माइकल’ र ‘घरबेटी’


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भरतमणि पौडेल र सुमन कोइराला मिल्ने दाजुभाइ हुन् । एक अर्कालाई जे सम्बोधन गरे पनि उनीहरू आत्मीय साथी हुन् ।

भरतमणि र सुमनको दोस्ती कलाकारितामा संघर्षका सुरूवाती दिनदेखिको हो । संयोग दुवैजना एउटै मञ्च ‘कमेडी च्याम्पिनय’बाट दर्शकसमक्ष परिचित र स्थापित भए । अहिलेसम्म उनीहरूको दोस्ती प्रगाढ छ ।

भरतमणिले पूर्वयुपवराज पारस शाहको क्यारिकेचर गरेर दर्शकको प्रिय बने । सुमन ‘दले दाइ’को चरित्र निर्माण गरेर दर्शकसमक्ष स्थापित भए । ‘कमेडी च्याम्पिन’ बन्ने प्रतिस्पर्धाबाटै यी दुई चर्चामा आएका हुन् ।

यी दुईले अहिले कमेडीमा आफूहरूलाई स्थापित गरेको क्यारिकेचर छाडेर नयाँ चरित्र निर्माण गरेका छन् । फलतः टेलिभिजन कार्यक्रम ‘केमडी नाइट्स विथ च्याम्पियन’मा भरतमणि ‘घरबेटी बा’ र सुमन कोइराला ‘माइकल’को चरित्रमा छाएका छन् ।

‘घरबेटी’ र ‘माइलक’ जोडी दर्शकहरूले पनि रुचाएका छन् । ‘पारस’ र ‘दले दाइ’को चरित्रमा देखिने उनीहरूलाई अब दर्शकले ‘घरबेटी’ र ‘माइकल’को भूमिकामा देख्ने छन् ।

यसको सुरुवात यसै वर्षको गाइजात्राबाट भएको छ । सांस्कृति संस्थानले नाचघरमा आयोजना गरेको गाइजात्रा ‘घरबेटी’ र ‘माइकल’को जोडीलाई देखिएको छ ।

सांस्कृतिक संस्थानको गाइजात्रामा यो जोडी आकर्षणको केन्द्र बनिरहेको छ ।

यो जोडीले गाइजात्रामा सोमबार ‘वैदेशिक रोजगार’को विषयमा प्रहसन प्रस्तुत गरेको थियो । उक्त प्रहसन ‘मेन इभेन्ट’ बन्यो ।

विदेशिन लागेका ‘माइकल’ र छोरो विदेशमा रहँदा मानसिक पीडामा ‘घरबेटी बा’को सन्दर्भको उक्त प्रहसन केन्द्रित थियो ।
यो गम्भीर विषयमा पनि उनीहरुको छोडखानीले दर्शकको हाँसोले हल गुञ्जिएको थियो ।

केहीले भन्दै थिए, ‘अन्त्यमा आएर माइकल र घरबेटीले निकै हँसाए ।’

माइकलको लेघ्रो तानेर बोल्ने संवाद ‘यार’ले दर्शकलाई छोएको पाइयो । हलबाट निस्किँदै गर्दा दर्शकको मुखमा उक्त संवाद झुन्डिएको थियो ।

भरतमणि र सुमनले प्रहसनपश्चात व्यस्तताबीच पनि खबरहबसँग एकदमै छोटो कुराकानी गरे ।

अब अन्य मञ्चमा पनि दर्शकले ‘माइकल’ र ‘घरबेटी’को जोडी देख्न पाउनुहुन्छ ? भन्ने प्रश्नमा उनीहरूले प्रतिप्रश्न गरे, ‘आजको प्रस्तुति कस्तो लाग्यो ?’

नाचघरको प्राङ्गणमा यो कुराकानी भएको थियो । प्रहसन हेरेका केही व्यक्तिहरू आएर भने, ‘तपाईंहरूको प्रस्तुति आजकै सबैभन्दा उत्कृष्ट । फोटो खिच्न मन लाग्यो ।’

एक व्यक्तिले सेल्फी खिच्न मोबाइल उठाए । भरतमणिले हामीतिर मुन्टो फर्काएर हाँस्दै भने, ‘हाम्रो प्रस्तुति यसरी नै दर्शकले मन पराउनु भयो भने पक्कै अरू मञ्चममा दर्शकले माइकल र घरबेटीलाई हेर्न पाउनुहुन्छ । तपाईंहरूको जवाफ यही हो है ।’

हलबाट निस्किएका दर्शकले प्राङ्गण भरिन थाल्यो । भरतमणि र सुमन फोटो खिचाउनै व्यस्त भए ।

उनीहरूले प्रहसनमा स्क्रिप्ट बिर्सिएको प्रसंग पनि थियो । त्यसमा दर्शक मज्जाले हाँसेका थिए । यो स्क्रिप्ट बिर्सिएको प्रसंग स्क्रिप्टेड हो कि ? साँच्चै स्क्रिप्ट बिर्सिकएको हो भन्ने सोध्नै भ्याइएन, फोटो खिच्न दर्शकले घेरिहाले ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  ५ : ५९ बजे

रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

ढोरपाटन– बागलुङ सेवा समाज अमेरिकाले रक्तसञ्चार केन्द्रलाई १५ लाख रुपैयाँको जेनेरेटर

जेन-जी आन्दोलनपछि पहिलो पटक चार वामपन्थी पूर्वप्रधानमन्त्री एकै मञ्चमा

काठमाडौं- भदौ २३ र २४ गते देशमा भएको जेन-जी आन्दोलनपछि

कालिमाटीको आलु काउली र लौकामा भेटियो अत्यधिक मात्रामा विषादी, नष्ट गर्न निर्देशन

काठमाडौं– कृषि विभागअन्तर्गत केन्द्रीय कृषि प्रयोगशालाको विषादी अवशेष द्रुत विश्लेषण

गर्मीकै कारण फ्रान्समा थप एक हजार जनाको मृत्यु

पेरिस– पश्चिमी युरोपको ठूलो भागमा उष्ण लहरका कारण अपेक्षा गरिएभन्दा

प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०८३ पारित भएको छ ।   आइतबार