एन्फले सुरु गर्‍यो ‘ग्रासरुट’ फुटबल कार्यक्रम « Khabarhub

एन्फले सुरु गर्‍यो ‘ग्रासरुट’ फुटबल कार्यक्रम


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)ले ग्रासरुट्स फुटबल कार्यक्रमको शुभारम्भ गरेको छ ।  

बाल फुटबलको विकास र बालबालिकाको संरक्षण सुनिश्चित गर्ने उद्देश्यका साथ एन्फाले ग्रासरुट्स फुटबल कार्यक्रमको शुभारम्भ गरेको हो । 

मंगलबार सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा आयोजित कार्यक्रममा एन्फाले ग्रासरुट्स फुटबल कार्यक्रमको लागो सार्वजनिक गरेको थियो ।

कार्यक्रममा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले देशभरका युवा प्रतिभाहरूलाई पहिचान र अभिवृद्धि गर्ने लक्ष्यका साथ ग्रासरुट्स फुटबल कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।

फुटबलको आधारभूत स्तम्भ ग्रासरुट्स रहेकाले ग्रासरुट्समा प्रभावकारी ढंगले काम गर्न सके समग्र फुटबलको विकासमा ठूलो टेवा पुग्न सक्ने उनको भनाइ छ ।

अध्यक्ष नेम्वाङले फिफाबाट पारित भएको ग्रासरुट्स फुटबल कार्यक्रम देशका विभिन्न ४९ जिल्लामा सञ्चालन हुने जानकारी दिए । 

ग्रासरुट्स फुटबल कार्यक्रम सञ्चालनका लागि एन्फाले टिडिएच र चाइल्ड नेपालसँग सम्झौता समेत गरेको छ ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  ६ : १५ बजे

सतचालिस प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम

काठमाडौं– रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयले ४७ जना प्रहरीलाई ट्राफिक

वाणिज्य विभागको बजार अनुगमन, एक फर्मलाई ५० हजार रुपैयाँ जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई ५०

विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित

काठमाडौं – आइसिसी टी-२० विश्वकप तयारीमा रहेको नेपाली राष्ट्रिय टिम

प्रतिनिधिसभा सदस्य निर्वाचन : सबैभन्दा बढी रुपन्देही र कम मुस्ताङमा उम्मेदवारी

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि

आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव कायमै, तराईमा हुस्सुको पीडा उस्तै

काठमाडौं – हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ।