बलोचिस्तानमा विद्रोही आक्रमण, ९ सैनिक मारिए | Khabarhub Khabarhub

बलोचिस्तानमा विद्रोही आक्रमण, ९ सैनिक मारिए


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – पाकिस्तानको बलोचिस्तान प्रान्तमा सोमबार भएको विद्रोही आक्रमणमा ९ जना सैनिकको ज्यान गएको सरकारी अधिकारीहरूले पुष्टि गरेका छन् ।

घटना वाशुक जिल्लाको बसीमा क्षेत्रमा भएको हो, जहाँ दर्जनौँ सशस्त्र विद्रोहीहरूले प्रहरी चौकी र सीमा सुरक्षा बलको भवनमा आक्रमण गरेका थिए । आक्रमणकारीहरू मोटरसाइकलमा सवार भई आएका थिए र उनीहरूले हातहतियार तथा बमको प्रयोग गरेर भवनहरूमा तोडफोड गरेका थिए ।

एक स्थानीय अधिकारीका अनुसार, सैनिकहरू जब आक्रमणस्थलतर्फ जाँदै थिए, त्यहीबेला विद्रोहीहरूले उनीहरूलाई लक्षित गरी आक्रमण गरेका थिए, जसमा ९ जना सैनिकको मृत्यु भयो । यस घटनामा थप ६ जना सैनिक घाइते भएका छन् ।

हालसम्म कसैले आक्रमणको जिम्मा लिएको छैन, तर बलुचिस्तानमा बलोच मुक्ति सेना सबैभन्दा सक्रिय सशस्त्र समूह हो, जसले पछिल्लो समय धेरै आक्रमणहरू गरेको छ ।

यही दिन, अमेरिकाले बलोच मुक्ति सेनालाई विदेशी आतङ्ककारी समूहको सूचीमा राखेको घोषणा गरेको छ । यसअघि उक्त समूहलाई कम कठोर सूचीमा राखिएको थियो, तर पछिल्लो आक्रमणहरूका कारण प्रतिबन्ध कडा बनाइएको हो ।

मानव अधिकारकर्मी र बलोच पृथकतावादीहरूको भनाइमा, पाकिस्तानी सुरक्षाकर्मीहरूले विद्रोह नियन्त्रण गर्ने क्रममा जबरजस्ती बेपत्ता पार्ने र गैरन्यायिक हत्या गर्ने कार्यहरू गर्दै आएका छन्, जसले स्थिति अझ जटिल बनाएको छ ।
 

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  ७ : १७ बजे

प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयसम्बन्धी प्रश्नमा मन्त्रीले जवाफ दिने

काठमाडौं– प्रतिनिधिसभा बैठक आज (बुधबार) बस्दैछ । बैठक दिउँसो १

यी भूभागमा मध्यमदेखि धेरै ठूलो वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले

डोनबास रुसलाई दिने कुरा स्वीकार्य हुँदैन : जेलेन्स्की

किभ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध विरामका लागि डोनबास

चार दिनपछि खुल्यो कालीगण्डकी करिडोर

बागलुङ – चट्टानसहितको ठूलो पहिरो खसेपछि अवरुद्ध बनेको कालीगण्डकी करिडोरको

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय